• २ जेठ २०८३, शनिबार

सुहाएन (कविता)

blog

सितलु चस्मा, सुकिलो कोट

घाँटीमा टाई छ, चट्ट कपाल 

औँलामा च्यापेको चुरोट अनि

ओठले उडाएको धुवाँ सुहाएन । 


टिनिन्न बजेको रित्तो भाँडो

बाझ्दछन् भान्सेसित घरका

खाली मन अनि भोका पेटहरू

रातदिनको क्यासिनो अनि भट्टी सुहाएन ।


बाँझो छ खेत, भत्किनै लागेको घर

चाकरी अनि चाप्लुसीमा मक्ख ऊ

श्रम गर्ने श्रमिकको हातमा

चाकरीको हत्कडी सुहाएन ।


काम गर्ने कालु, मकै खाने भालु,

उसले बनाएको खुकुरीले आखिर

उसैको घाँटी रेटिन्छ भने

पुजारीको हातमा विष सुहाएन ।।