• ८ जेठ २०८१, मङ्गलबार

सानीभेरी किनारमा पुरुषको शव फेला

blog

राजु लामिछाने

रुकुम पश्चिम, मङ्सिर ११ गते । रुकुम पश्चिमको सानी भेरी गाउँपालिका ३ मूलपानीस्थित सानीभेरी नदीको किनारमा एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार आइतबार बेलुका नदी किनारको छालमा उक्त शव फेला परेको हो ।

गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले नदी किनारमा शव रहेको सूचना प्रहरीलाई दिनुभएको थियो । सूचनापश्चात् इलाका प्रहरी कार्यालय चौरजहारी र प्रहरी चौकी सिम्लीबाट गएको प्रहरी टोलीले शव पानीबाट बाहिर निकालेको थियो । शवको पहिचान भने हुन सकेको छैन । 

शरीरमा कपडा नभएको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । शवलाई घटनास्थल प्रारम्भिक कार्यपछि पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएको छ ।