• ९ जेठ २०८१, बुधबार

शाहीद्वारा भूकम्पपीडितलाई पाँच लाख सहयोग

blog

पाँच लाखको चेक हस्तान्तरण गर्दै पूर्व मुख्यमन्त्री शाही । तस्बिर : शाहीको सचिवालय

राजन रावत

हुम्ला, मङ्सिर १० गते । जाजरकोट भूकम्पपीडितका लागि कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले पाँच लाख नगद सहयोग गर्नुभएको छ । भूकम्प प्रभावितका लागि अस्थायी घर निर्माणका लागि उहाँले सो सहयोग गर्नुभएको हो । 

कर्णाली प्रदेश सभामा हुम्ला जिल्ला (ख) नम्बर प्रदेशका सदस्य समेत रहनुभएका शाहीले व्यक्तिगत रूपमा भूकम्पपीडितका लागि आर्थिक सहयोग गरेको बताउनुभयो । यो सहयोग रकम पीडितहरूको अस्थायी टहरा निर्माणका लागि खर्च गरिनेछ । 

उहाँले पाँच लाखको चेक नेपाली काँग्रेस कर्णाली प्रदेशका सभापति ललितजंग शाहीलाई हस्तान्तरण गर्नुभयो । प्रदेश सभापति शाहीले पूर्व मुख्यमन्त्री शाहीबाट प्राप्त भएको सहयोग रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने बताउनुभयो ।