• ९ जेठ २०८१, बुधबार

डोल्पामा ट्याक्टरले किचेर चालकको मृत्यु

blog

विष्णुप्रसाद देवकोटा

डोल्पा, मङ्सिर १० गते । डोल्पामा आफैले चलाएको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लु २ त ५९१५ नम्बरको ट्याक्टर मकै लिएर दुनै आउने क्रममा ठुलीभेरी नगरपालिका वडा नं ९  स्थित मोतीपुरको चिमा भन्ने ठाउँमा रोकेको अवस्थामा न्युट्राेलमा गई ट्याक्टरको चक्काले किचिएर चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका वडा नं ९ का २४ वर्षीय लक्की थापा रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले जानकारी दिनुभयो ।