राजु लामिछाने
रुकुमपश्चिम, मङ्सिर १ गते। रुकुमपश्चिममा एक सुत्केरीलाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ। जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्बर ३ की २० वर्षीया फूलमाया ओलीलाई हेलिकप्टर मार्फत उद्धार गरेर कर्णाली प्रादेशिक अस्पतालमा थप उपचारको लागि लगिएको हो।
बिहीबार सानीभेरी गाउँपालिका अस्पताल छोटे बगरमा जुम्ल्याहा बच्चालाई जन्मिनुभएकी ओलीको अत्यधिक रक्तस्राव भएको र रक्तस्राव नरोकिएपछि हेलिकप्टर मार्फत सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो।
जुम्ल्याहा बच्चा मध्ये एक जनाको मृत्यु भइसकेको छ भने एक जनाको निकै कम तौल (८५० ग्राम) को रहेको अस्पतालले जनाएको छ।
प्रजिअ पन्तका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टरबाट ओलीको उद्धार गरिएको हो।