• १३ मंसिर २०८१, बिहिबार

चिसोले थप दुई भूकम्पपीडितको मृत्यु

blog

बासुदेव शर्मा 

जाजरकोट, मंङ्सिर ३ गते । चिसोका कारण दुई जना भूकम्पपीडितको मृत्यु भएको छ । भूकम्पले घर क्षतिग्रस्त गरेपछि त्रिपालमुनी बस्दैआएको छेडागाड नगरपालिका –१३ की ५६ बर्षीया मनसरी कामी जुनीचाँदे गाँउपालिका –४ लुहादहकी ८९ बर्षीया सुगिली नेपालीको मृत्यु भएको हो । 

त्रिपालमुनीको बसाइ चिसो, शित र जाडो छल्ने कपडा नहुँदा दीर्घ रोगीको मृत्यु भएको हो । छेडागाड नगरपालिका –१३ की मनसरी कामी दमको दीर्घरोगी हुनुहुन्थ्यो । त्रिपालमुनीको बसाइ चिसोले दम बढेपछि उहाँको मृत्यु भएको स्थानीय हेमन्त केसीले बताउनुभयो । 

त्रिपालमुनीको वसाइ बालबालिका सुत्केरी, दीर्घरोगी र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । त्रिपालभित्र राहत पाएको एकसरो कपडाले चिसो नछल्ने भएपछि भूकम्प प्रभावित क्षेत्रमा बिभिन्न स्वास्थ्य समस्य देखिन थालेको छ । एक साताअघि भेरी, नलगाड, बारेकोट गाउँपालिकामा पाँच जना दीर्घरोगीको मृत्यु भएको छ । एक हप्ताभित्र चिसोले सात जना भूकम्पपीडित दीर्घरोगी ज्येष्ठ नागरिकको मृत्यु भइसकेको छ ।