आजको भूकम्पबाट १३ जना घाइते, तीन घर भत्किए
सोमबार दिउँसो जाजरकोटको रामिडाँडामा गएकोे भूकम्पमा परेर रुकुम पश्चिममा सात र जाजरकोटमा ६ जना गरी १३ जना घाइते भएका छन् ।
चीनबाट १० करोडका सामग्री नेपाल ल्याइँदै
जाजरकोटमा गएको भूकम्पबाट पीडितलाई सहयोग गर्न जनवादी गणतन्त्र चीन सरकारले १० करोड रुपियाँ मूल्य बराबरका सामान नेपाल पठाएको छ ।
नगरवासीलाई सहयोग गर्न प्रमुख केसीको अपिल
रुकुमपश्चिमको आठविसकोट नगरपालिका प्रमुख रवि केसीले विपद्को समयमा सहयोग गर्न सहयोगी निकायलाई अपिल गर्नुभएको छ ।
समाजवादी प्रेस सङ्गठन डोल्पा अध्यक्षमा आनन्दसिं रावल
समाजवादी प्रेस सङ्गठन नेपाल डोल्पाको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । जिम्मेवार पत्रकार समाजवादको आधार भन्ने नाराकासाथ समाजवादी प्रेस सङ्गठन नेपाल डोल्पाको प्रथम जिल्ला भेला प्रेस सङ्गठन नेपालका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदीको प्रमुख आतिथ्यतामा सदरमुकाम दुनैमा सम्पन्न भएको हो ।
सबैले मिलेर राहत वितरण र अनुगमनमा सहयोग गर्नुपर्छ : उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का जाजरकोट भूकम्पको ‘इपिसेन्टर’मा पुग्नुभएको छ ।
रुकुमपश्चिममा १६ हजार ५७० घरमा पूर्ण क्षति
गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण रुकुमपश्चिममा ५२ जनाको मृत्यु भएको छ । ठूलो मात्रामा भौतिक क्षति भएको छ ।
रुकुमपश्चिममा बाहिरका तीनको मृत्यु
रुकुमपश्चिममा भूकम्पमा परी तीन जना जिल्ला बाहिरका व्यक्तिको मृत्यु भएको छ । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको छ दशमलव चार रेक्टर स्केलको भूकम्पमा जिल्ला बाहिरका तीन व्यक्तिको मृत्यु भएको हो ।
आमाको काजकिरिया छोरीको घरबाट
शुक्रबार राति गएको भूकम्पमा परी मृत्यु हुनुभएको ६६ वर्षीया इन्दिरा शाहको काजकिरिया छोरीको घरबाट गरिएको छ ।
जाजरकोट भूकम्पका मृतकमध्ये ७८ बालबालिका
जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी मृत्यु भएकामध्ये झण्डै आधा सङ्ख्या बालबालिका रहेको पाइएको छ । प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका एक सय ५७ मध्ये ७८ बालबालिका रहेका छन् ।
दुई सय स्वास्थ्यकर्मी भूकम्प प्रभावित क्षेत्रमा परिचालित
दुई सय चिकित्सक, स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्र खटिएको छ । गत शुक्रवार मध्यरातमा गएको भूकम्पमा परि घाइते भएका सर्व साधारणको उपचारका लागी सात वटै पालिको गाँउबस्ती खटिएको हो ।
जाजरकोट क्षेत्रमा भूकम्पको रौद्ररूप
शुक्रबार राति गएको भूकम्पका कारण जाजरकोटमा भएको क्षतिअन्तर्गत मानवीय खोजी र उद्धारको काम लगभग सकिएको छ ।
जाजरकोट भूकम्प : आठबिसकोटमा जिल्ला बाहिरका तीन जनाको मृत्यु
रुकुम पश्चिममा भूकम्प परी जिल्ला बाहिरका तीन जना व्यक्तिको मृत्यु भएको छ । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पबाट कामको सिलसिला रुकुम पश्चिमको आठविसकोट नगरपालिकमा रहेका तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो ।
राहतसँगै मृतक परिवारलाई किरिया खर्च
सरकारले भूकम्पबाट मृत्यु भएका मृतकका परिवारलाई जनही दुई लाख वितरणसँगै स्थानीय सरकारले किरिया खर्च समेत उपलब्ध गराएको छ । रुकुम पश्चिममा मृत्यु भएका परिवारलाई किरिया खर्च उपलब्ध गराउन थालिएको हो ।
भूकम्प पीडित भन्छन् ‘अहिलेसम्म राहत पाएको छैन’
आमा सितली, भाउजू कल्पना, छोरी गुन्जन र छोरा टाइजनलाई एकै पटक गुमाउनुपर्दाका पीडामा उहाँ हुनुहुन्छ । दिनभरिको कामको थकानले सबै सुतिरहेको समयमा एक्कासि आएको भूकम्पमा परेर उहाँले अधिकांश परिवारका सदस्य गुमाउनुप¥यो ।
चिसो रातमा किरिया पुत्री र पीडितको त्रिपालमुनि बास
भूकम्पले जनधनको क्षति गरेपछि रुकुम पश्चिमका विभिन्न स्थानमा रहेका भूकम्प पीडित र प्रभावित परिवारहरूले घरबाहिरै दिनरात कटाउने गरेका छन् ।
सिँजाबाट नागरिकता वितरण सुरु
इलाका प्रशासन कार्यालय सिँजामा अधिकृतस्तरको कर्मचारी पुगेपछि एकै दिन ६९ नागरिकता वितरण गरिएको छ । अधिकृतस्तरको कर्मचारी नहुँदा सिँजाबाट नागरिकता वितरण रोकिएको थियो । गृह मन्त्रालयले मन्त्रालयमा कार्यरत अधिकृत रेश्मा बुढाक्षेत्रीलाई खटाएको थियो । प्रशासन प्रमुख रेश्मा बुढाले आफू कात्तिक १५ गते काठमाडौँ, नेपालगन्ज, जुम्ला बजार हुँदै सिधै इलाका प्रशासन कार्यालय सिँजामा ५ बजे हाजिर भएको जानकारी दिनुभयो ।
अस्पतालमा परिवारकै चिन्ता
भूकम्पमा परी दुई छोरी गुमाएका आठबिसकोट नगरपालिका–१४, टाकुराका ३८ वर्षीय गणेश मल्ल सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचाररत हुनुहुन्छ । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी घाइते छोरा र श्रीमती नगर अस्पतालमै उपचारमा हुनुहुन्छ ।
उद्धार, राहत र पुनर्निर्माणमा जुट्न आग्रह
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) प्रवास समन्वय समितिले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रका पीडितको उद्धार, राहत र पुनर्निर्माणमा जुट्न आग्रह गरेको छ ।
भारतद्वारा १६ करोडको राहत सामग्री हस्तान्तरण
भारतले नेपालको पश्चिम जाजरकोटमा गएको भूकम्पपछि नेपाललाई १६ करोड (१० कराेड भारू) रुपियाँ बराबरको आपत्कालीन राहत सामग्रीको पहिलो खेप हस्तान्तरण गरेको छ ।
भूकम्पपीडितले छिट्टै राहत पाउनुहुन्छ : उपप्रधानमन्त्री खडका
भूकम्पमा परि मृत्यु भएकी नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहलगायत मृतकलाई श्रद्धाञ्जली दिन जाजरकोट आउनुभएका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खडकाले भूकम्पपीडितले छिट्टै राहात पाउने बताउनुभएको छ ।
जाजरकोट भूकम्प : एक सय ५७ वटै शव आफन्तले बुझे
जाजरकोट र रुकुम पश्चिम लगायतका विभिन्न जिल्लामा आएको भूकम्पमा परी ज्यान गुमाएका एक सय ५७ वटा शव आफन्तले बुझेका छन् ।
भूकम्प प्रभावितको सहयोगमा कमी हुन दिइँदैन : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्प प्रभावित नागरिकलाई सहयोग गर्ने सन्दर्भमा कुनै कमी हुन नदिइने बताउनुभएको छ ।
उद्धारको काम सकियो, एकद्वार प्रणालीमार्फत राहत वितरण गरिने
शुक्रबार राति गएको भूकम्पको कारण रुकुमपश्चिममा भएको क्षति अन्तर्गत मानवीय खोजी र उद्धारको काम सम्पन्न भएको छ ।
भूकम्पबाट ज्यान गुमाएकाको सामूहिक दाहसंस्कार
जाजरकोटमा भूकम्पबाट ज्यान गुमाएकाहरुको सामूहिक दाहसंस्कार गरिएको छ ।