• ५ जेठ २०८१, शनिबार

उद्धार, राहत र पुनर्निर्माणमा जुट्न आग्रह

blog

गोरखापत्र समाचारदाता 

काठमाडौं, कात्तिक १९ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) प्रवास समन्वय समितिले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रका पीडितको उद्धार, राहत र पुनर्निर्माणमा जुट्न आग्रह गरेको छ । 

आइतबार माओवादी निकट प्रवास समन्वय समितिले विज्ञप्ति जारी गर्दै यथाशाक्य उद्धार, राहत र पुनर्निर्माण कार्यमा आ–आफ्नो क्षेत्रबाट लाग्न अनुरोध गरेको छ । 

अखिल भारत नेपाल एकता मञ्च तथा नेपाली जनप्रगतिशिल मञ्चलगायत सङ्घ संस्थाले पीडितलाई आवश्यक परे सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैँ उद्धार राहत कार्यमा अग्रसर भएकोमा माओवादी प्रवास समन्वय समितिले धन्यवाद ज्ञापन गरेको नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य ओम शर्माले जानकारी दिनुभयो ।