• १६ भदौ २०८१, आइतबार

भारतीय थप राहत सामग्री नेपालगन्जमा

blog

भारतीय राहत सामग्रीको दोस्रो खेप नेपालगन्जमा हस्तान्तरण गर्दै । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, कात्तिक २० गते । जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि भारत सरकारद्वारा प्रदान गरिएको राहत सामग्रीको दोस्रो खेप बोकेर सोमवार बेलुकी भारतीय वायुसेनाको विमान नेपालगन्ज पुगेको छ ।

सोमवार बेलुकी करिब ६ बजे भारतीय वायु सेनाको के सी ३८०७ विमान राहत सामग्री बोकेर नेपालगन्ज विमानस्थलमा अवतरण गरेको हो ।  

यसअघि आइतबार अपराह्न पनि भारतीय वायुसेनाको विमानले राहत सामग्रीको पहिलो खेप नेपालगन्ज विमानस्थलमा झारेको थियो । 

भारत सरकारको सहयोगमा विमानमार्फत नेपालगन्ज विमानस्थलमा सोमवार पठाइएको सामग्रीलाई भारतीय राजदुतावासका डेपुटी चिफ अफ मिसन प्रशन्न श्रीवास्तवले नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्ट र बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललाई संयुक्तरुपमा हस्तान्तरण गर्नुभयो । 

भारतले दास्रो खेपमा पठाएको सामग्रीमा स्लीपिंग ब्याग, त्रिपाल, कम्बल, टेन्ट र मेटरसलगायत करिब दुई ट्रक सामग्री रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।

उहाँले सो राहत सामग्री सोमवार राती नै ट्रकहरुमार्फत जाजरकोट र रुकुम पश्चिममा सुरक्षाका साथ पठाइने बताउनु भयो । 

आइतवार भारतबाट आएको सबै राहात सामग्री सोमवार जाजरकोट र रुकुमपश्चिमा पुगिसकेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । मंगलवारबाट सो सामग्री वितरण गरिने जनाइएको छ ।

भारत सरकारले १६ करोड रुपियाँ मूल्य बराबरका सामग्री दिने भएको छ । पहिलो चरणमा आइतबार सामान आएको थियो भने दोस्रो चरणमा आज आएको छ । 

यो पनि पढ्नुहोस

भारतद्वारा १६ करोडको राहत सामग्री हस्तान्तरण