भूकम्प प्रभावितलाई बागमती प्रदेशको एक करोड ५० लाख सहयोग
बागमती प्रदेश सरकारले कर्णाली प्रदेशको विभिन्न जिल्लाका भूकम्पबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि सहयोग उपलब्ध गराएको छ ।
भेरीमा पुर्याइएका ३३ मध्ये आठजना गम्भीर
गएराती जाजरकोट र रुकुममा गएको भूकम्पमा परी घाइते भई उपचारका लागि हालसम्म भेरी अस्पताल नेपालञ्जमा ३३ जना बिरामीलाई ल्याइएको छ ।
रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो
रुकुम पश्चिममा भूकम्पमा परी अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिकामा २८ र सानीभेरी गाउँपालिकामा १० गरी ३८ जनाको मृत्यु भएको र ८५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो ।
राष्ट्रिय समन्वय परिषद् जापानले १४ लाख सहयोग गर्ने
गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् जापानले भूकम्प पीडितको राहत र उद्धारका लागि करिब १४ लाख रुपियाँ (१५ लाख येन) आर्थिक सहयोग गर्ने भएको छ।
चिकित्सक र सुरक्षाकर्मीको टोली जाजरकोट प्रस्थान
जाजरकोटमा गएको भूकम्पपीडितहरुको उद्धारका लागि छिमेकी जिल्ला दैलेखबाट चिकित्सक सुरक्षाकर्मी र सासंदहरुको टोली प्रस्थान गरेको छ ।
गर्भवतीको घरमा निलो झण्डा
यसवर्ष गर्भवती हुनुभएका महिलाको घरमा निलो झण्डा गाड्ने काम सुरु भएको छ । गर्भवतीको घर पहिचान गरी स्वास्थ्यकर्मीलाई चेकजाँच गर्न र घरमा गर्भवती भएको महिला जानकारी गराउन स्वास्थ्य चौकीले झण्डा गाड्ने काम सुरु गरेको हो ।
भूकम्प प्रभावित क्षेत्रमा सञ्चार सेवा सुचारु गर्न सेवा प्रदायकसँग अनुरोध
सरकारले भूकम्प प्रभावित क्षेत्रको सूचना तथा सञ्चार प्रणालीलाई व्यवस्थित बनाउन सञ्चार मन्त्रालयमा रहेको इमरजेन्सी टेलिकम्युनिकेशन क्लष्टर (इटीसी) लाई सक्रिय बनाएको छ ।
भूकम्पका घाइतेकाे उपचार सरकारले निःशुल्क गर्ने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परेर घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गर्ने बताउनुभएको छ ।
औषधिसहितको चिकित्सक टोली जाजरकोटमा
भूकम्पका कारण घाइते भएकाको उपचार गर्न स्वास्थ्य सेवा कार्यालय सल्यानले जिल्ला अस्पताल सल्यानका डाक्टरसहित स्वास्थ्यकर्मीको टोली जाजरकोट पुगेको छ ।
भूकम्पबाट घाइतेको उद्धार र उपचार युद्धस्तरमा : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुमपश्चिमका भूकम्प प्रभावित क्षेत्रको स्थलगत अनुगमनपश्चात अस्पताल पुगेर घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुहुँदै उद्धार र उपचारमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाउनुभएको छ ।
प्रदेश सरकारले राहत र चिकित्सक टोली पठायो
कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा गैरखाद्य सामग्री र चिकित्सक टोली पठाएको छ । रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा सेनाको टोली र जाजरकोटमा अप्रेसन गर्ने चिकित्सक टोली प्रदेश सरकारले शनिबार बिहान पठाएको हो ।
भूकम्प प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा निःशुल्क
सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा नेपाल टेलिकमका फोन र एसएमएस निःशुल्क गर्ने व्यवस्था गरेको छ ।
भूकम्प : रुकुम पश्चिममा ३० जना उपचारपछि घर फर्किए
भूकम्पमा परी घाइते भएका यहाँका ३० जना उपचारपछि घर पठाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक नमराज भट्टराईले जिल्ला अस्पताल सल्ले र नगर अस्पताल आठबिसकोटबाट ३० जना उपचारपछि घर पठाइएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री रुकुम पश्चिमको सानीभेरी अस्पतालमा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जाजरकोटबाट रुकुम पश्चिम पुग्नुभएको छ । प्रधामन्त्री प्रचण्ड शुक्रबार राति भएको शक्तिशाली भूकम्पबाट प्रभावित बनेको रुकुम पश्चिम पुग्नुभएको हो ।
भूकम्पले जुम्लामा पाँच घाइते : दर्जनौँ घर चर्किए
जाजरकोटमा केन्द्र बनाएर आएको भूकम्पले जुम्लामा पाँच जना घाइते भएका छन् । स्थानीय प्रशासनको प्रारम्भिक जानकारी अनुसार जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडालाई केन्द्रबिन्दु बनाएर भूकम्प जाँदा जुम्लाको तातोपानी गाउँपालिका–३ बाहुनवाडा निवासी २६ कि सिर्जना गौतम र उहाँको ११ महिनाको छोरा आयुष गौतम सामान्य घाइते हुनुभएको छ ।
पूर्व राष्ट्रपति यादवद्वारा उद्धार र राहतमा जोड दिन आग्रह
पूर्व राष्ट्रपति डा. रामवरण यादवले जाजरकोट भूकम्पबाट भएको जनधनको क्षतिबाट आफू अत्यन्त दुःखी भएको बताउनुभएको छ ।
जाजरकोट भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १३३ पुग्यो
शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या १३३ पुगेको छ । नेपाली प्रहरीका अनुसार शनिबार बिहान १०ः३० बजेसम्मको जानकारी अनुसार १३३ जनाको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन् ।
जाजरकोटका १७ जना घाइतेलाई भेरी अस्पताल ल्याइयो
जाजरकोटको भूकम्पमा परेर गम्भीर घाइते भएकाहरू उपचारका लागि नेपालगन्ज पुग्ने क्रम सुरु भएको छ। एम्बुलेन्स र हवाई जहाजबाट १७ जनालाई भेरी अस्पतालमा ल्याइएको हो।
कांग्रेसद्वारा भूकम्प प्रभावितलाई रु ५० लाख सहयोग
नेपाली कांग्रेसले भूकम्प पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि पार्टीका तर्फबाट सरकारलाई रु ५० लाख उपलब्ध गराउने निर्णय गरेको छ ।
‘जाजरकोट भूकम्प बझाङको परकम्प होइन’
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जाजरकोट भूकम्प गत महिना बझाङमा गएको भूकम्पको परकम्प नभएको जानकारी दिनुभएको छ ।
घाइतेको जीवनरक्षा सरकारको पहिलो दायित्व : उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावितको जीवनरक्षा नै पहिलो काम भएको बताउनुभएको छ ।
उद्धार तथा राहतलाई तीव्र बनाउने कर्णाली प्रदेश सरकारको निर्णय
कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई प्राथमिकता राखेर सरकार सबै संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ ।
गृह मन्त्रालयमा आकस्मिक बैठक सुरु
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा भूकम्पपीडितको उद्धार, उपचार र राहतबारे आवश्यक निर्णय लिन आकस्मिक बैठक सुरु भएको छ।
जाजरकोटमा भूकम्पका १०९ धक्का
शुक्रबार राती जाजरकोट जिल्लाको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएपछि अहिलेसम्म १०९ धक्का मापन भएको छ । शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो।