• ९ जेठ २०८१, बुधबार

प्रधानमन्त्री रुकुम पश्चिमको सानीभेरी अस्पतालमा

blog

रुकुमको सानीभेरी अस्पतालमा घाइतेहरुको स्थितिबारे जानकारी लिनुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर प्रदीपराज वन्त

काठमाडौं, कात्तिक १८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जाजरकोटबाट रुकुम पश्चिम पुग्नुभएको छ ।

प्रधामन्त्री प्रचण्ड शुक्रबार राति भएको शक्तिशाली भूकम्पबाट प्रभावित बनेको रुकुम पश्चिम पुग्नुभएको हो । शनिबार बिहान भूकम्पको केन्द्रविन्दु रहेको जाजरकोट पुग्नुभएको प्रधानमन्त्री त्यहाँबाट रुकुम पश्चिम पुग्नुभएको हो ।

प्रधानमन्त्रीले रुकुम पश्चिमको सानीभेरी अस्पतालमा  पुगेर घाइतेहरुको स्थितिबारे जानकारी लिनुभएको छ । शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी हालुम्म १३३ जानको मृत्यु भएको छ ।