गजेन्द्र गुरुङ
खजुरा, कात्तिक १८ गते । गएराती जाजरकोट र रुकुममा गएको भूकम्पमा परी घाइते भई उपचारका लागि हालसम्म भेरी अस्पताल नेपालञ्जमा ३३ जना बिरामीलाई ल्याइएको छ ।
पटक पटक गरी उपचारका लागि भेरी अस्पताल ल्याइएका ३३ मध्ये आठजनाको अवस्था गम्भीर छ ।
भेरीमा उपचारका लागि ल्याइएका ३३ जनामध्ये आठजनाको अवस्था गम्भीर रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।
३३ जनामध्ये ८ जनाको अवस्था गम्भीर रहेको, २४ जनाको अवस्था सामान्य रहेको र १ जनाको अस्पतालमा पुर्याउनु पूर्व नै मृत्यु भएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।
प्रजिअ पोख्रेलका अनुसार भेरी अस्पताल नेपालगन्जमा ३१ जना र एक जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।