राहतको पर्खाइमा त्रिवेणीका भूकम्पपीडित
जाजरकोट केन्द्रबिन्दु भएर कात्तिक १७ गते आएको भूकम्पका कारण प्रभावित बनेका रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका भूकम्पपीडित राहतको पर्खाइमा रहेका छन् । यहाँका प्रभावितहरूले हालसम्म त्रिपालसमेत नपाएको गुनासो गरेका छन् ।
पश्चिम नेपालमा बारम्बार भूकम्प
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोटको भेरी र नलगाड नगरपालिका एवं बारेकोट गाउँपालिका बढी प्रभावित भएको छ । रुकुमपश्चिमको आठबिसकोट र सानीभेरी गाउँपालिकामा समेत जनधनको क्षति भएको छ । विसं २०७२ मा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो । २०७९ कात्तिकमा डोटी केन्द्रबिन्दु भएर ६.६ रेक्टर स्केलको भूकम्प गएको थियो । २०८० असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रको तथ्याङ्क अनुसार बाजुरामा १० माघ २०७९ मा ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो । तथापि जाजरकोट भूकम्पले मानवीय क्षति बढी भएको छ ।
मदन भण्डारी राजमार्ग क्षेत्रमा रुख काट्न अनुमति
सरकारले मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम सुर्खेतको खम्बागाडेदेखि मायातालसम्मको क्षेत्रमा पर्ने रुख कटानको अनुमति दिएको छ । गत बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले आयोजनालाई २३ किलोमिटर सडकखण्ड अन्तर्गतका रुख कटानको अनुमति दिएको हो ।
सल्यानका भूकम्प पीडित अझै खुल्ला आकाशमा बास
दार्मा गाउँपालिका-२ लिरापाजाका उदयराम खत्रीलाई आफ्नै घर पराइ जस्तै लागेको छ । घर भित्र जाऊ भत्किएला भन्ने डर , नजाऊ अन्नपात देखि लत्ताकपडा भित्र छन् । घरपरिवारलाई के खुवाउने । आज आएर आफ्नै घर दुस्मन जस्तै भएको छ ।
कर्णाली सरकारद्वारा भूकम्प प्रभावितलाई दुई करोड हस्तान्तरण
कर्णाली प्रदेश सरकारले भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानका १६ स्थानीय तहलाई रु दुई करोड ४५ लाख हस्तान्तरण गरेको छ ।
मुगुमा पर्यटकको चहलपहल
मुगुका मुख्य पर्यटकीय गाउँमा विदेशी पर्यटक किसानसँग रमाउन थालेका छन् । असोजलगत्तै मुगुको झ्यारी गाउँ, मुर्मा गाउँमा पर्यटकको चहलपहल बढ्न थालेको स्थानीय कृष्ण रावलले बताउनुभयो । मुगु घुम्न आएका विदेशी पर्यटक आजभोलि रारातालमा मात्र सीमित हुन चाहँदैनन् । उनीहरूको रोजाइ हुने गरेको छ, वरपरका गाउँबस्ती र थुम्का । सहरको सुविधासम्पन्न होटलमा आरामदायी सुविधा लिएका पर्यटक गाउँसम्म पुगेर त्यहाँको आतिथ्य र प्राकृतिक सुन्दरतासँग रमाउन थालिसकेका छन् ।
‘सरकारले घर बनाइदेओस्, अरू जोहो आफैँ गर्छौं’
जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितले राज्यबाट आवासको मात्र अपेक्षा गरेको बताएका छन् । सरकारले घर बनाइदिए अन्य जोहो स्वयं गर्ने पनि बताएका छन् । उनीहरूले आफ्ना घर भूकम्पका कारण भत्किएका वा बस्नै नहुने गरी चर्किएकाले सरकारले घर बनाइदिए अरू व्यवस्था आफैँ गर्ने जनाएका छन् ।
वास्तविक भूकम्पपीडित ठगिने अवस्था नआओस् : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पपीडितको राहत वितरणका लागि उनीहरूको सही तथ्याङ्क लिन र वास्तविक पीडित ठगिने अवस्था नआओस् भनेर सचेत हुन आग्रह गर्नुभएको छ ।
विपत्तिका बेला कोही छैन भनेर नआत्तिनुहोला : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले विपत्तिको बेला कोही छैन भनेर नआत्तिन र हामीलाई मद्दत गर्ने सरकार छ भनेर सोच्न आग्रह गर्नुभएको छ । भूकम्प प्रभावितहरूको अवस्था बुझ्न आज भूकम्प गएको केन्द्रबिन्दु जाजरकोटको बाराकोटेको रामीडाँडा पुग्नुभएका राष्ट्रपति पौडेलले त्यहाँ भूकम्पपीडित, जनप्रतिनिधि र स्थानीयहरूसँगको छलफलमा सो आग्रह गर्नुभएको हो ।
‘मध्यरातको तीन सेकेण्डमा गाउँ नै रहेन’
यही कात्तिक १७ गते शुक्रबारको मध्यरात जाजरकोट केन्द्रबिन्दु भएर आएको ६ं.४ रेक्टर स्केलको भूकम्प आउँदा जाजरकोटका टीकाराम परियार घर बाहिर नै थिए ।
लोकतन्त्रमा जिम्मेवार सरकारको अनुभूति हुने गरी काम गर्न राष्ट्रपतिको आग्रह
राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा जिम्मेवार सरकार कस्तो हुन्छ भन्ने अनुभूति हुनेगरी भूकम्प प्रभावितहरुलाई आवश्यक अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम गर्न जनप्रतिनिधहरुलाई आग्रह गर्नुभएको छ ।
जाजरकोट र रुकुम पश्चिममा गृह मन्त्रालयको नेतृत्वमा राहत वितरण
जाजरकोटका भूकम्पपीडितलाई गृह मन्त्रालयको नेतृत्वमा विभिन्न संघसंस्थामार्फत् राहत वितरण गरिएको छ । हालसम्म राहत कार्यमा गृह मन्त्रालयको नेतृत्वमा विभिन्न सङ्घसंस्थाबाट जाजरकोटका भूकम्पपीडितलाई वितरण गरिएको हो ।
राष्ट्रपति पौडेल बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुहुँदै
राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुग्नुभएको छ । राष्ट्रपति पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिनुभएको छ ।
नगरपालिकामा राहत सामग्री, पीडितको घरबाहिर बास
जाजरकोटको सदरमुकामस्थित भेरी नगरपालिकाको कार्यालय परिसरभित्र र बाहिर भुकम्प प्रभावितको सहयोगका लागि प्राप्त भएको राहत सामग्रीको थुप्रो छ । तर कार्यालयनजिकै भुकम्पबाट अति प्रभावित थाप्लेका भुकम्प प्रभावितले अहिलेसम्म पनि राहत सामग्री नपाएको गुनासो गरेका छन् ।
राहतको पर्खाइमा भेरी नगरपालिका-११ र १३ का भूकम्पपीडित
भूकम्प प्रभावित क्षेत्रका सर्वसाधारण राहतको पर्खाइमा बसेका छन् । जाजरकोटमा आएको राहत सामग्री वितरण गरिए पनि राहत नपाएपछि भूकम्पपीडित पर्खेर बसेका हुन् ।
भूकम्पबाट मृतक सबै परिवारलाई किरिया खर्च र राहत प्रदान
गत शुक्रबार आएको भूकम्पका कारण मृत्यु भएका रुकुमपश्चिमका सबै परिवारलाई स्थानीय सरकारले किरिया खर्च र राहत सामग्री उपलब्ध गराएका छन् ।
त्रिपालको सहारामा भूकम्पपीडित
जाजरकोट सदरमुकामको सडक हरिया त्रिपालले भरिभराउ छ । भूकम्पका कारण घर भत्किएर खुला आकाशमुनि बसिरहेका स्थानीयवासीलाई सशस्त्र प्रहरीले निर्माण गरेका त्रिपालले चिसोबाट जोगाएको छ ।
कांग्रेसद्वारा भूकम्पपीडितको राहतका लागि ५० लाखको चेक हस्तान्तरण
नेपाली कांग्रेसले भूकम्प पीडितलाई राहत प्रदान गर्ने उद्देश्यले ५० लाख रुपियाँको चेक आज प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको छ ।
श्रीमान् र छोरा गुमाएकी लालसरी भूकम्पले घरविहीन
शुक्रवार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परि भेरी नगरपालिका वडा नम्बर ३ थाप्लेकी लालसरी बुढाथोकीको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । दुई वर्षअघि पति र एक बर्सअघि छोरा गुमाएकी लालसरी तेस्रो वर्ष घर भत्केपछि थप पिँडामा पर्नुभएको छ ।
सल्यानमा भूकम्पबाट पाँच सय २६ घर क्षतिग्रस्त
यहाँ भूकम्पबाट पाँच सय २६ घर क्षतिग्रस्त भएका छन्। गत शुक्रवार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट सल्यानमा पनि सयौँ घर क्षतिग्रस्त भएको हो ।
‘संविधानले परिकल्पना गरेको सङ्घीयता छैन’
पूर्वमा बबई र पश्चिममा भेरी नदीको किनारसम्म फैलिएको भेरीगङ्गा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकाल हुनुहुन्छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट निर्वाचित प्रमुख ढकालसँग गोरखापत्र दैनिकका छिन्चु समाचारदाता नवीन सुवेदीले गर्नुभएको कुराकानी :
भूकम्पमा मृत्यु हुने मध्ये ५७ जना बालबालिका
विनाशकारी भूकम्पमा परि बालबालिकाको मृत्यु भएको छ । गत शुक्रवार मध्यरातमा आएको भूकम्पमा परि ५७ जना बालबालिकाको मृत्यु भएको हो ।
भूकम्पबाट जाजरकोटमा मात्र १०१ जनाको मृत्यु
जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक सय एक कायम भएको छ । यसअघि जाजरकोटमा मात्र एक सय पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको थियो ।
बाँडियो आए जति राहत
शुक्रबार जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भएर दुई वटा ठुला पराकम्पन गएका छन् । ६.४ रेक्टर स्केलको भूकम्प गएपछि सोमबार अपराह्न ४:३१ मा बारेकोट नै केन्द्रबिन्दु रहेको ५.८ रेक्टरको पराकम्पन गएको हो । त्यसलगत्तै ४:४० मा ४.५ रेक्टर स्केलको अर्को पराकम्पन गएको थियो । परकम्पले शुक्रबार चर्किएर भत्किन लागेका घर भत्किएका छन् । जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी हरिशचन्द्र शर्माले पुनः पराकम्पन गएकाले क्षतिको विवरण थप हुन सक्ने बताउनुभयो । ठुला पराकम्पन गएपछि जाजरकोटवासी थप त्रसित बनेका छन् ।