• ७ जेठ २०८१, सोमबार

सल्यानका भूकम्प पीडित अझै खुल्ला आकाशमा बास

blog

दार्मा गाउँपालिकामा भूकम्प प्रभावितहरूको बसाइँ । तस्बिर: प्रतीक

प्रतीक शर्मा

सल्यान, कात्तिक २२ गते । दार्मा गाउँपालिका-२ लिरापाजाका उदयराम खत्रीलाई  आफ्नै घर पराइ जस्तै लागेको छ । घर भित्र जाऊ भत्किएला भन्ने डर , नजाऊ अन्नपात देखि लत्ताकपडा  भित्र  छन् । घरपरिवारलाई के खुवाउने । आज आएर आफ्नै घर दुस्मन जस्तै भएको छ ।

गत शुक्रबार  राति जाजरकोट  केन्द्र  भएर गएको भूकम्प परि खत्रीको ५ जनाको परिवार खुला आकाशमुनि  बस्न बाध्य छ । राति भएपनी कसरी  बाँचियो थाहा  छैन, अहिले रात कसरी कटाउने भनेर चिन्ता छ ।उहाँले भन्नू भयो साना छोराछोरी  छन् । बाहिर  सुती राहेका छौँ, छोराछोरीले जाडो भयो  घर भित्र  जाऔँ भन्छन् । घर भत्किन्छ की भन्ने डरले त्रिपाल मुनी रात काट्न बाध्य  छौ । 

त्रिपाल भित्र बस्दा बिहान सिरक सितले भिज्ने गरेको उहाँको भनाई छ । सितले भिजेका कपडा दिउँसो सुकाउने र साँझ फेरी त्यही ओढ्ने गरेको खत्रीले बताउनु भयो । घर भत्किएको तीन दिन भइसक्दा समेत एक त्रिपाल बाहेक अरू केही नपाएको उहाँको गुनासो छ । घरभित्र अन्नपात भए पनि केही अन्नपात परिएको र नपुरिएको पनि निकाल्न नसेको पीडितको भनाई छ । 

खत्री जस्तै टेक बहादुर के सी को परिवार  पनि खुला  आकाश  मुनि बस्दै  आइरहेको  छ । ५ लाख ऋण काडेर २ वर्ष पहिले बनाएको घर भूकम्पले पुरै भत्काए पछि उहाँ अहिले घरबार विहीन  हुनु भएको  छ । पुरानो ऋण तिर्न  नपाउँदै भूकम्पले घर पूर्ण रूपमा  भत्काइ दिए पछि त्रिपाल मुनि बस्नु परि रहेको उहाँको भनाइ  छ । उहाँले भन्नु भयो  ‘अब साना छोराछोरीलाई  खुवाउने पैसा खोजौंकी  ऋण तिर्ने पैसा खोज्नु ।’

यस्तै लीला खत्रीका तीन वटै घर भूकम्पले भत्काइदिएको छ । भएका तीन वटै घर भूकम्पबाट भत्काएपछि उहाँको परिवार पनि खुला आकाशमा रात काट्दै आइरहेको छ । चिसो सिजनमा खुला आकाशमा रात काट्नुको पिडा जस्तो अरू के होला र उहाँले भन्नु भयो । खुला आकाशमा बस्नुको पिडा त छदै छ त्यो भन्दा अब अन्नपात पुरिएपछि अब के खाने भन्ने चिन्ताले सताउन समेत थालेको छ । उहाँले भन्नु भयो खाइनखाइ घर बनाइयो तर सबै भूकम्पले लडाइ हाल्यो अब कसको सरनमा गएर बस्ने । 

दार्माका चार सय  बढी घर परिवार खुला आकाशमा बस्न बाध्य  छन् । मानवीय  क्षति नभए  पनि भौतिक क्षति भने जाजरकोट र रुकुम पश्चिम बराबर नै भएको दार्मा गाउँपालिका अध्यक्ष  निम बहादुर के सीले बताउनु भयो । दार्माका  १,२,५ र ६ वडामा बढी  क्षति भएको उहाँको  भनाइ  छ । उहाँले भन्नु भयो मानवीय  क्षति नभए पनि धेरै  भौतिक  क्षति भएको छ । भौतिक  क्षतिको विवरण  जाजरकोट  र रुकुम मात्र आउँदा दार्मा देशभर ओझेलमा परेको  छ ।

भूकम्प  गएको  ४ दिन भई  सक्दा समेत रेडक्रस बाहेक कुनै  पनि निकायबाट सहयोग  नपाएको गुनासो  गर्नु भयो । पालिकाको स्रोतअनुसार  पीडितको घरमा गएर सान्त्वना  दिने काम मात्र  भई  रहेको उहाँको  भनाइ छ । 

यता कर्णाली प्रदेशले दार्माका लागि आवश्यक राहत सामाग्री पठाइ सकेको जनाएको छ । सुर्खेतबाट  पठाएको राहत सामाग्री मङ्गलवार राती दार्मा पालिकामा पुगी सकेको र नेपालगन्जबाट पनि आजै सामान पुग्ने कर्णाली प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले जानकारी दिनु भयो ।