• १२ साउन २०८१, शनिबार

भूकम्पमा मृत्यु हुने मध्ये ५७ जना बालबालिका

blog

वासुदेव शर्मा 

जाजरकोट कात्तिक २१ गते । विनाशकारी भूकम्पमा परि बालबालिकाको  मृत्यु भएको छ । गत शुक्रवार मध्यरातमा आएको भूकम्पमा परि ५७ जना बालबालिकाको मृत्यु भएको हो । 

भूकम्पबाट मानवीय तथा भौतिक क्षति भएको छ । भेरी नगरपालिका, नलगा नगरपालिकाका सर्व साधारणले ज्यान गुमाएका छन् । भूकम्पले क्षति पुराएपछि बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी गर्भवती महिला समस्यामा परेका छन् । 

भविष्यमा देश बनाउने सपना बोकेर जन्म लिएका बालबालिका ५ सेकेन्डमै विलीन भएको छ । मानवीय क्षति बेहोरेको जाजरकोट शोक मग्न भएको छ । जता ततै भग्नावशेष देखिन्छन् करिब २ सय २५ वर्ष पुरानो जाजरकोट दरबार क्षतिग्रस्त भएको छ । दरबारसँगै बनेका सर्व साधारणका घर भत्किएर माटो ढुङ्गा कलात्मक झ्याल ढोकाले सुन्दर बस्ती पूर्ण रूपमा भग्नावशेष भएका छन् । 

भूकम्पमा परि जाजरकोटको भेरी नगरपालिका नलगा नगरपालिका कुशे गाउँपालिका, छेडागाड नगरपालिकामा जन सहित धनको क्षति भएको छ ।  भूकम्पबाट बालक २८, बालिका २२,महिला ३५, पुरुष १६ गति जम्मा एक सय १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी सन्तोष रोकाले बताउनु भयो  ।

भूकम्पले क्षतिग्रस्त भग्नावशेष उत्खननमा ढिलाइ भएपछि भग्नावशेष भएको सामाग्री चोरी हुन्छ की भन्ने त्रास बढेको छ । भूकम्पबाट क्षतिग्रस्त भग्नावशेषको नेपाल प्रहरी, सशस्त्र प्रहरीले संरक्षण गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले बताउनु भयो । 

दलित बस्तीको बाहुल्यता भएको नलगा नगरपालिका १ चिउरीका सर्व साधारणको मृत्यु भएको छ ।