• १२ साउन २०८१, शनिबार

कांग्रेसद्वारा भूकम्पपीडितको राहतका लागि ५० लाखको चेक हस्तान्तरण

blog

प्रधानमन्त्री प्रचण्डलाई ५० लाखको चेक हस्तान्तरण गर्नुहुँदै काँग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरु । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, कात्तिक २१ गते । नेपाली कांग्रेसले भूकम्प पीडितलाई राहत प्रदान गर्ने उद्देश्यले ५० लाख रुपियाँको चेक आज प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको छ । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालागयत नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सो चेक प्रदान गर्नुभएको हो। 

जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्धार एवं राहतका लागि  ५० लाखको चेक बालुवाटारमा प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि प्रधानमन्त्रीलाई हस्तान्तरण गरिएको जानकारी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

कार्यक्रममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरु सहभागी हुनुहुन्थ्यो ।