• १७ असार २०८१, सोमबार

राहतको पर्खाइमा भेरी नगरपालिका-११ र १३ का भूकम्पपीडित

blog

घर क्षतिग्रस्त भएपछि छोरा च्यापेर राहतको पर्खाइमा भेरी नगरपालिका–१३ का ऋषिराम आचार्य । तस्बिर : वासुदेव शर्मा

वासुदेव शर्मा
जाजरकोट, कात्तिक २१ गते ।
भूकम्प प्रभावित क्षेत्रका सर्वसाधारण राहतको पर्खाइमा बसेका छन् । जाजरकोटमा आएको राहत सामग्री वितरण गरिए पनि राहत नपाएपछि भूकम्पपीडित पर्खेर बसेका हुन् । भूकम्पपीडितको सङ्ख्या धेरै भएको, तर राहात सामग्री थोरै आएकापछि पाउन नसकिएको हो ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी हरिश्चन्द्र शर्माले जिल्लामा प्राप्त भएका सामग्री सबै ग्रामीण बस्तीमा पठाइसकिएका छौं । थप आउने क्रम जारी छ । राहत आएपछि नपाएको वडा बस्तीमा पठाउने तयारी भइरहेको बताउनुभयो । भेरी नगरपालिका–११ र १३ मा भूकम्पपीडितका लागि राहत सामग्री नपुगेको बताइएको छ ।

भेरी नगरपालिका–११ मा राहत सामग्री नपुगेको वडा सदस्य हिरा प्रसाद आचार्यले बताउनुभयो । साथै वडा नम्बर १३ मा पनि राहत सामग्री नपुगेको वडाध्यक्ष यज्ञबहादुर बटालाले बताउनुभयो । वडाध्यक्ष बटालाले करिब सात सय घरघुरी भएको कुदुमा राहत सामग्री नपुगेको जानकारी दिनुभयो ।

राहत सामग्री नपाएर भेरी ११ र १३ का सर्वसाधारण खुल्ला आकासमुनि बस्न बाध्य छन् । एकद्वार प्रणालीबाट वितरण गर्ने भने पनि दुई वटा वडामा राहत सामग्री नपुगेकाले भेरी ११ र १३ का जनप्रतिनिधिसहित भूकम्पपीडित राहत सामग्री ल्याएर सुर्खेत, नेपालगन्ज काठमाडौं लगायतका स्थानबाट आएको सामग्री बाटोमै निकालेर वितरण गर्ने तयारीमा सर्वसाधारण जम्मा भएको वडा अध्यक्ष बटालाले बताउनुभयो । पहुँचको आधारमा भेरी नगरपालिकाले राहत सामग्री वितरण गरेको अध्यक्ष बटालाको गुनासो छ ।