• १३ मंसिर २०८१, बिहिबार

जाजरकोटका १७ जना घाइतेलाई भेरी अस्पताल ल्याइयो

blog

भेरी अस्पतालमा पुगेका जाजरकोटका घाइतेको उपचार हुँदै । तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, कात्तिक १८ गते । जाजरकोटको भूकम्पमा परेर गम्भीर घाइते भएकाहरू उपचारका लागि नेपालगन्ज पुग्ने क्रम सुरु भएको छ। एम्बुलेन्स र हवाई जहाजबाट १७ जनालाई भेरी अस्पतालमा ल्याइएको हो।

उपचारका लागि नेपालगन्ज रिफर गरिएका जाजरकोटका सात जना घाइते एम्बुलेन्सबाट भेरी अस्पताल पुर्‍याइएका छन् भने १० जनालाई हवाई जहाजबाट ल्याइएको छ ।

उनीहरू सबैको उपचार सुरु गरिएको भेरी अस्पतालका सूचना अधिकारी डा. सङ्केत कुमार रिसालले बताउनुभयो । जाजरकोट भेरी  नगरपालिका–३ का ४८ वर्षीय विमल कुमार कार्कीलाई भेरी अस्पतालमा सबैभन्दा पहिले पुराइएको थियो ।

अस्पताल पुराएलगत्तै घाइतेको उपचार सुरु गरिएको अस्पतालका फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । उहाँले अन्य घाइतेहरू पनि केही बेरमा पुग्ने सूचना प्राप्त भएको जनाउँदै उपचारको व्यवस्था मिलाइएको बताउनुभयो ।

भेरी अस्पताललाई डेडिकेटेड अस्पताल बनाएर घाइतेको उपचारका लागि सैनिक र प्रहरी अस्पतालमा १०५ बेड खालि राखिएको छ।