आठ कर्मचारी ‘अनधिकृत’
मुसीकोट नगरपालिका–१ स्थित त्रिभुवन जनता माध्यमिक विद्यालयमा कार्यरत आठ कर्मचारी अनधिकृत भएको पाइएको छ । विद्यालय प्रशासनले १२ वर्षदेखि कार्यरत आठ कर्मचारी अनधिकृत भएकाले कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ । विद्यालयका प्रधानाध्यापक गोपीराम केसीका अनुसार २०६८ सालमा एक विनियमावली बनाई विभिन्न पद सिर्जना गरेर नियुक्त गरिएका आठ जनाको नियुक्ति प्रक्रिया अनधिकृत छ । विद्यालय प्रशासनले ती कर्मचारीको नियुक्ति कानुनविपरीत भएको निष्कर्ष निकालेको छ ।
विद्युत् उत्पादनको बाटो खुल्यो
नेपाल विद्युत् प्राधिकरणले जुम्लामा ७० मेगावाटको जलविद्युत् उत्पादन गर्ने भएको छ । जुम्लाको तिला नदीमा ७० मेगावाटको विद्युत्का लागि जवा–तिला जलविद्युत् आयोजनाको लाइसेन्स स्वीकृत गरिएपछि विद्युत् निर्माणको काम थालिने भएको छ । जिल्लाको तिला गाउँपालिकामा बगिरहेको तिला नदीबाट विद्युत् उत्पादनका लागि नेपाल विद्युत् प्राधिकरणले इन्जिनियरसहितको टोली खटाएर सर्भे गर्नुका साथै सो क्षेत्रमा विद्युत् आयोजना निर्माण प्रक्रियाका लागि नेपाल विद्युत् विकास बोर्डले लाइसेन्स प्रदान गरेको प्राधिकरणका इन्जिनियर कृष्ण पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार टोली जुम्ला आएर भौगोलिक अवलोकनसहित आवश्यक काम गरेपछि लाइसेन्स प्रदान गरिएको हो ।
हवाइटिकटका लागि प्रशासनमा डेलिगेशन
शिक्षक अनुमतिपत्रको परीक्षा दिने हुम्लाका परीक्षार्थीहरु हवाइटिकट नपाएपछि जिल्ला प्रशासन कार्यालयमा डेलिगेशन गएका छन् । कात्तिक १८ गते शनिबार हुन गइरहेको परीक्षा आउन दुई दिन बाँकी रहँदा पनि टिकट नपाएर परीक्षा छुट्ने देखेर टिकट ब्यवस्थाका लागि डेलिगेशन गएका हुन् ।
मुगु हत्या प्रकरण: आफन्तले अझै शव बुझेनन्
मुगुको छायानाथ रारा नगरपालिका वडा नं –६ मुन्दु गाउँमा आमा सहित तीन जना बालकले सामूहिक ज्यान गुमाएका आफन्तले घटनाको पाँच दिन बितिसक्दा पनि शव बुझेका छैनन् ।
जीर्ण काठे पुलमा यातायात गुड्नु पर्ने बाध्यता
कर्णाली कोरिडोरको सिमकोट हिल्सा सडक खण्डको हेक्पा खोलामा निर्माण गरिएको जीर्ण काठे पुलमा जोखिनका साथ सवारीसाधन गुड्नु पर्ने बाध्यता छ । उक्त खोलामा पक्की पुल निर्माण कार्य भई रहेको कारण अन्य विकल्प नहुँदा यातायातका साधनहरू जीर्ण काठे पुल तर्न बाध्य हुँदै आएका हुन ।
आवासीय विद्यालय अलपत्र
दुर्गमका निर्माणाधीन आवासीय विद्यालय भवन निर्माण गर्न बजेट अभाव भएको छ । बजेट कटौती भएपछि भवन निर्माण प्रभावित बन्ने जोखिम बढेको र समयमै सम्पन्न नहुने समस्या बढ्दै गएको हो । दुर्गम हिमाली जिल्लामा घण्टौँ हिँडेर आउने बालबालिकालाई आवासीय विद्यालयको अवधारणा अनुसार काम अघि बढाइएको हो । साबिक कर्णालीका पाँच जिल्लामा आवासीय विद्यालय भवन निर्माण गर्न लागिएको छ । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ मा नमुना आवासीय विद्यालय बनाउने योजना ल्याएको हो । सोही आवबाट साबिक कर्णालीका पाँच जिल्लामा नमुना आवासीय विद्यालय छनोट गरीपूर्वाधार निर्माण सुरु गरिएको थियो ।
त्रिपुराकोटमा प्रथम नगरमहोत्सव सुरु
स्थानीय अर्गानिक कृषि उत्पादन तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गरी नगरलाई आर्थिक समृद्धिको बाटोमा लैजाने उद्देश्यले त्रिपुरासुन्दरी नगरपालिकाद्वारा आयोजित महोत्सवको आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।
मुगु सामूहिक हत्या भएको हप्ता दिन पुग्दा पनि अनुसन्धानको टुङ्गो लागेन
छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँमा वंश नै नाश हुने गरी भएको सामूहिक हत्या भएको हप्ता दिन पुगेको छ । हप्ता दिन पुगिसक्दा पनि प्रहरी घटनाको यथार्थ विवरण बाहिर ल्याउन नसके पनि अनुसन्धान भइरहेको बताउँदै आएको छ ।
तीन महिनामा दुई हजार पर्यटकले गरे फोक्सुण्डो भ्रमण
फोक्सुण्डो तालको दृश्य अवलोकन गर्न आउने पर्यटकहरुको सङ्ख्यामा वृद्धि भएको छ । सडक यातायातको पहुँचसँगै यहाँ आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो ।
मदन भण्डारी राजमार्ग निर्माणमा ढिलाइ भएपछि स्थानीय आन्दोलित
मदन भण्डारी राजमार्ग निर्माणमा ढिलाइ भएपछि स्थानीय आन्दोलित
जिल्ला बाहिर जान हुम्लीलाई सास्ती, पहुँचका भरमा हवाई टिकट
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा सेवा दिँदै आएका निजी एयरलाइन्सले मनपरी टिकट वितरण गर्दा यात्रुले सास्ती खेप्नु परेको छ ।
उपल्लो डोल्पाको नाका चिसोका कारण खुल्न सकेन
उपल्लो डोल्पामा भारी मात्रामा चिसो बढेका कारण छिमेकी मुलुक चिनतर्फ नाका खुल्ला गरिएपनि आवतजावत भने हुन सकेको छैन ।
बिरुवा उत्पादनबाट राम्रो आम्दानी
वीरेन्द्रनगर नगरपालिका–४ की प्रिसिला गिरीको दैनिकी तरकारीको बिरुवा उत्पादन र बिक्रीमै बितिरहेको छ । विगत तीन वर्षदेखि यस व्यवसायमा आबद्ध रहनुभएकी गिरीले समयानुकूल विभिन्न जातका तरकारीका बिरुवा उत्पादन गरिरहनुभएको छ ।
स्वास्थ्य एकाइद्वारा टेलिमेडिसिन सेवा सुरु
दुर्गमको एउटा स्वास्थ्य संस्थाले बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरु गरेको छ ।
खलङ्गामा खसभाषाको चलचित्र ‘गोठ’ प्रदर्शन
जुम्लामा खसभाषाको चलचित्र गोठ प्रदर्शन भएको छ । स्थानीय हास्यव्यङ्ग्य कलाकार गरिकुडाका जोडिको प्रस्तुतिमा खसभाषाको चलचित्र गोठ प्रदर्शन गरिएको हो ।
एउटै कार्यालयमा दुई प्रमुख,वरिष्ठद्वारा उच्च अदालतमा रिट
करिब डेढ महिनादेखि डिभिजन वन कार्यालय, वीरेन्द्रनगरमा दुई जना कार्यालय प्रमुख रहेका छन् । तत्कालीन प्रमुख प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले डिभिजन वन अधिकृत मुनबहादुर रावतलाई मन्त्रालयमै सरुवा गरे पनि उहाँले अवैध सरुवा भन्दै रमाना लिनु भएन । डिभिजन वन कार्यालय भेरी बावियाचौरका अधिकृत वसन्तबाबु श्रेष्ठ सोही स्थानमा सरुवा भई आएपछि डिभिजन वन कार्यालय वीरेन्द्रनगर एउटा कार्यालयमा दुई जना प्रमुख भएका हुन् ।
सुनथराली एयरपोर्ट निर्माण सम्पन्न,जहाज आउने अत्तोपत्तो छैन
सुन्दा अच्चम लाग्न सक्छ तर सत्य घटना हो, कालीकोटको कोटवाडामा भर्खरै सम्पन्न भएको सुनथराली एयरपोर्ट ३८ वर्ष लगाएर निर्माण सम्पन्न भएको छ । २०४२ सालमा तत्कालीन जिल्ला विकास समितिको बजेटबाट शिलान्यास भएको सुनथराली एयरपोर्ट झन्डै चार दशक लगाएर निर्माण सम्पन्न भए पनि यहाँ हवाईजहाज आउने अत्तोपत्तो छैन ।
मुगु हत्याकाण्डको सघन अनुसन्धान हुँदैछ : प्रदेश प्रहरी
छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँमा वंश नाश हुने गरी एकाघरका चारजनाको बिभत्स हत्या भएको घटनाको सघन अनुसन्धान भइरहेको छ ।
नागरिकतामा हस्ताक्षर गर्ने अधिकारी नहुँदा हुम्लीलाई सास्ती
नागरिकताको प्रमाणपत्रमा हस्ताक्षर गर्ने कर्मचारी नभएपछि महिनौँदेखि हुम्लाको सर्केगाड गाउँपालिकाका नागरिकले सास्ती खेप्नु परेको छ । यहाँको इलाका प्रशासन कार्यालय बन्द हुँदा नागरिकले सहजरुपमा नागरिकता पाउन सकेका छैनन् ।
रुकुम पश्चिमबाट ६९ करोडभन्दा बढीको माछामासु बिक्री
रुकुम पश्चिममा एक वर्षको सयममा जिल्लाभरबाट ६९ करोडभन्दा धेरैको माछामासु बिक्री भएको छ । गत आव २०७९/८० मा जिल्ल्लाका विभिन्न ठाउँबाट उत्पादन भएको माछा मासु जिल्लाभित्र र बाहिर गरेर ६९ करोड १९ लाख आठ हजारको माछामासु बिक्री भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय निमित्त प्रमुख ज्ञानुुकुमार शर्माले जानकारी दिनुभयो ।
कर्णालीमा आपराधिक घटना बढ्दै : छ जनाको ज्यान गयो, ३१ पक्राउ
गत शुक्रबार बिहान मुगुमा चार जनाको शव फेला पर्यो । छायाँनाथ रारा नगरपालिका– ६ मन्दुमा शव फेला परेका हुन् । उनीहरूको हत्या भएको आशङ्का गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी वीरेन्द्र थापाले बताउनुभयो ।
कालिकोटमा ट्याक्टर दुर्घटना एकको मृत्यु
कालिकोटको पलाँता गाउँपालिका वडा नं २ राडुनेटामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि वडा नं २ का वर्ष ६५ का शिव चन्द न्यौपानेको मृत्यु भएको हो ।
मुगु सामूहिक हत्या प्रकरण: एक जना प्रहरी नियन्त्रणमा
मुगुस्थित छायाँनाथ रारा नगरपालिका वडा नं – ६ मन्दु गाउँमा सामूहिक हत्या भएको चार दिनपछि प्रहरीले एक जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । आइतबार दिउँसो अन्दाजी १२ बजेको समयमा जिल्ला सदरमुकाम गमगढीस्थित बिच बजारको (नगरपालिका जाने बाटो) बाट प्रहरीले शंकास्पत ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।
सुर्खेत विमानस्थलमा रात्रि उडान भर्न बत्ती जडान
सुर्खेत विमानस्थलमा रातिको समयमा समेत उडान भर्न सक्ने गरी बत्ती जडान गरिने भएको छ । आठ करोड रुपियाँको लगानीमा बत्ती जडान गर्न लागिएको हो । सो कार्य करिब तीन महिनामा सम्पन्न गरिने जनाइएको छ । नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको रनवेमा खाल्डो खन्ने कार्य गरिरहेको छ । सुर्खेत विमानस्थल प्रमुख राजन ढुङ्गेलका अनुसार आइक्याओको मापदण्ड अनुसार विमानस्थलमा बत्ती जडान गरिने छ । यसका लागि प्राधिकरणको इलेक्ट्रिक विभागले काम सुरु गरेको छ ।