विष्णुप्रसाद देवकोटा
डोल्पा, कात्तिक १५ गते । स्थानीय अर्गानिक कृषि उत्पादन तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गरी नगरलाई आर्थिक समृद्धिको बाटोमा लैजाने उद्देश्यले त्रिपुरासुन्दरी नगरपालिकाद्वारा आयोजित महोत्सवको आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।
लोक संस्कृतिको संरक्षण प्रवर्धन तथा सम्मान, स्वास्थ्यका लागि खेल राष्ट्रका लागि खेल भन्ने नारासाथ बाला त्रिपुरासुन्दरी सांस्कृतिक तथा धार्मिक महोत्सव २०८० तथा तेस्रो मेयरकप खुल्ला भलिवल तथा जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिताको त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र त्रिपुराकोटमा सुरुभएको हो ।
जिल्ला समन्वय प्रमुख श्यामबहादुर रोकायले विशेष कार्यक्रमबीच उदघाटन गर्नुभयो । कात्तिक २२ सम्म सञ्चालन हुने महोत्सवको उद्घाटन गर्दै समन्वय प्रमुख रोकायले महोउत्सव परिणाममुखी हुनु पर्नेमा जोड दिनुभयो ।
नगरले स्थानीय उत्पादनको निर्यात ब्यवस्थापनमा गर्नमा महोत्सवले सहयोग गर्न सके भविश्यका कर्णधारलाई सहज हुने रोकायले बताउनुभयो ।
महोत्सवमा उत्पादन बजारीकरण र पर्यटकीय सम्पदाहरुको प्रचारप्रसारका साथै स्थानीय लोक संस्कृतिको जगेर्ना गर्नमा सहयोग पुग्ने विश्वास गरिएको छ । उदघाटनसत्रमा डोल्पाको प्रशिद्ध मन्दिर श्रीवालात्रिपुरासुन्दरी भगवतीका पुजारीहरुले भगवती नृत्य झाँकी प्रस्तुत गर्नुभएको थियो ।