• ३ जेठ २०८२, शनिबार

युवा सङ्घ पाँचथरको अध्यक्षमा लावती निर्वाचित

blog

युवा सङ्घ पाँचथरको आठौ जिल्ला अधिवेशनबाट निर्वाचित मदन लावती नेतृत्वको कार्य समिति । तस्बिर : राधा लुइटेल

राधा लुइटेल 

फिदिम, जेठ ३ गते । नेपाल कम्युनिष्ट पार्टि एमालेको जन वर्गीय सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपाल जिल्ला कमिटी पाँचथरको अध्यक्षमा मदन लावती सर्व सम्मत निर्वाचित हुनुभएको छ । शुक्रबार राती ढिलागरी सम्पन्न सङ्घको आठौं जिल्ला अधिवेशनबाट लावतीको नेतृत्वमा ४१ सदस्सीय नया कार्य समिति चयन भएको हो ।

अधिवेशनबाट उपाध्यक्षमा रितुवर्ण तुम्बापो, सचिवमा सुजन तुम्बापो, सह सचिवद्वय इल्लु मेन्याङबो र बेताब जबेगू तथा कोषाध्यक्षमा मनिला शेर्पा चयन हुने भएको छ ।

अधिवेशन उद्घाटनका राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थेबे, नेकपा (एमाले) स्थायी कमिटी सदस्य भानुभक्त ढकालल र प्रदेश कमिटि सचिव राजकुमार भण्डारी र जिल्ला अध्यक्ष बिष्णुप्रसाद सापकोटा लगायतले सम्बोधन गर्नुभएको थियो ।