निराजन परियार
चौमाला (कैलाली), जेठ ३ गते । कैलालीको चुरे गाउँपालिका स्तरीय सामुदायिक विपद् प्रतिकार्यसम्बन्धी तालिम धनगढीमा सुरु भएको छ ।
चुरे गाउँपालिकाको सहकार्य मर्सिकोर नेपालको प्राविधिक सहयोग तथा कोकाकोला फाउन्डेसनको आर्थिक सहयोगमा नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्ल्युए) द्वाराको आयोजनमा समुदाय स्तरमा विपद् प्रतिकार्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले पाँचदिने तालिम सुरु भएको हो ।
तालिमको गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटीले उद्घाटन गर्नुभएको थियो । उहाँले विपद् जतिबेला पनि हुने भएकाले क्षति कम गर्न तालिम लिने र त्यसलाई व्यवहारमा उतार्न सके विपद् न्यूनीकरण गर्न सकिने बताउनुभयो ।
तालिममा विपद्, उद्धार, विपदमा प्राथामिक उपचार, बाढीपहिरो, आगो, डढेलो नियन्त्रण भूकम्पलगायतका बारेमा जानकारी गराइने कार्यक्रम संयोजक देवराज बडुले बताउनुभयो ।
राष्ट्रिय तथा प्रदेशस्तरको सूचना प्रणालीलाई सुधार गरी पूर्वानुमानमा आधारित प्रारम्भिक सूचना प्रणालीको पहुँच र प्रयोग सुदृढ पार्ने उद्देश्यसहित तालिम सुरू गरिएको बताउनुभयो ।