• १२ साउन २०८१, शनिबार

जाजरकोट भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १३३ पुग्यो

blog

घाइतेको उद्धार गर्दै सुरक्षाकर्मी ।

काठमाडौं, कात्तिक १८ गते । शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या १३३ पुगेको छ ।  नेपाली प्रहरीका अनुसार शनिबार बिहान १०ः३० बजेसम्मको जानकारी अनुसार १३३ जनाको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन् । 

जसमा जाजरकोटमा भूकम्पबाट ९५ जनाको निधन भएको छ भने ५५ जना घाइते भएका छन् ।

यसैगरी,  रुकुम पश्चिममा ३८ जनाको निधन भएको छ भने ८५ जना घाइते भएका छन् । थप विवरण आउने क्रम जारी छ । 

राहत र उद्धारको कार्यलाई पनि तीव्र पारिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै भूकम्प प्रभावित क्षेत्रमा पुगेर सबै संयन्त्रलाई परिचालन गर्नु भएको छ ।