• १२ साउन २०८१, शनिबार

भूकम्पबाट ज्यान गुमाएकाको सामूहिक दाहसंस्कार

blog

नलगाड नगरपालिकाको दल्लीमा सामूहिक दाहसंस्कार गरिँदै ।

जाजरकोट, कात्तिक १९ गते । जाजरकोटमा भूकम्पबाट ज्यान गुमाएकाहरूको सामूहिक दाहसंस्कार गरिएको छ ।

गत शुक्रबार राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पका कारण नलगाड नगरपालिकामा उपप्रमुख सरिता सिंहसहित ५५ जनाको ज्यान गएको थियो । 


आइतबार अपराह्न नलगाड नगरपालिकाको दल्लीमा उपप्रमुख सिंहसहित अन्यको सामूहिक दाहसंस्कार गरिएको हो ।

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्पमा ज्यान गुमाउनुभएका उपप्रमुख सिंहलगायतकालाई आज श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।


उपप्रधानमन्त्री खड्काले जाजरकोटको त्रिवेणी नदीमा उपप्रमुख सिंहलाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । सो अवसरमा उपप्रधानमन्त्री खड्कासहित कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मालगायतको उपस्थिति थियो ।


यो पनि पढ्नुहोस