• १३ मंसिर २०८१, बिहिबार

पन्ध्र दिनपछि विद्युत सेवा सुचारु

blog

नहरमा पेनिस्टिक पाइप जडानपछि पानी पठाइँदै । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, कात्तिक २५ गते । हिल्दुम  विद्युत बितरण केन्द्रले अबरुद्ध भएको १५ दिनपछि  विद्युत आपुर्ति सुचारु गरेको छ । केन्द्रको पावरहाउसको मुख्य क्यानल र नहरमा पेनस्टिक पाईप जडान कार्य सम्पन्न भएपछि केन्द्रले  विद्युत आपुर्ति सुचारु गरेको हो । 

वितरण केन्द्रका प्रमुख नारायणप्रसाद कर्णले बिगत दुई हप्तादेखि अबरुद्ध हुँदैआएको  विद्युत आपुर्ति सेवा सुचारु भएको बताउनुभयो । उहाँले दुई हप्तासम्म पावरहाउसको मुख्य क्यानल मर्मत र नहरमा पेनस्टिक पाइप जडान गर्ने कार्य पूरा भएपछि विद्युत उत्पादन सुरु भएसँगै आपूर्ति पनि सुचारु गरिएको बताउनुभयो । 

उहाँले त्रिसट्ठी मिटर नहरमा पेनस्टिक पाइप बिछ्याउने कार्य र नहरमा पहिरोको जोखिम भएको स्थानमा ग्याबिन लगाइने कार्य पूरा भएको बताउनुभयो । उहाँले मर्मत कार्य पूरा भएकाले अब नियमित रुपमा बिधुत सुचारु हुने बताउनुभयो ।

कात्तिक ९ गते बेलुकाबाट केन्द्रले मर्मत कार्य अघि बढाउन  विद्युत आपूर्ति बन्द गरेको थियो । यसबीचमा सिमकोट र खार्पुनाथ गाउँपालिकाका स्थानीय, सदरमुकाम सिमकोटका कार्यालय र बजारवासी अन्धकारमा बस्न बाध्य भएका थिए । तिहार सुरु भएसंगै बिधुत आपूर्ति सुचारु हुँदा उपभोक्तालाई सहज भएको छ ।