• २५ पुस २०८१, बिहिबार

बढ्न थाल्यो मानसिक समस्या

blog

राजु लामिछाने

रुकुमपश्चिम, कात्तिक २६ गते । रुकुमपश्चिमका भूकम्पपीडितमा मनोसामाजिक समस्या देखा पर्न थालेको छ । भूकम्पद्वारा सिर्जित समस्याले पु¥याएको आघातले मानसिक समस्या बढ्न थालेको हो । 

सुरुका दिनमा तर्सिने, डराउने समस्या झेलिरहेका पीडितमा अहिले टोलाउने, नबोल्ने, बोल्दा झर्किने, निन्द्रा नपर्ने तथा खाना खान मन नलाग्ने समस्या देखिन थालेका छन् । जिल्ला समन्वय समिति रुकुमपश्चिमका प्रमुख लुम्बिनी गौतमले परिवारका सदस्य र घरबास गुमाएका व्यक्तिमा यस्ता खालका समस्या देखिन थालेको बताउनुभयो । 

गरिबी र बेरोजगारीले आक्रान्त गाउँमा भूकम्पले निम्त्याएको विपत्तिले गर्दा मनोवैज्ञानिक समस्या देखिन थालेको उहाँको भनाइ छ । मानसिक रूपमा परेको असरकै कारण आठबिसकोट नगरपालिका –९ का एक ३२ वर्षीय किरण बटाला (नाम परिवर्तन) ले नजिकैको भेरी नदीमा हामफालेको र स्थानीयले बचाएको समेत गौतमले उल्लेख गर्नुभयो । भूकम्पका कारण किरणको घर ध्वस्त भएको छ, परिवारका सदस्य घाइते छन् । गौतमका अनुसार किरणमा अहिले पनि ‘आइगो आइगो..., भाग भाग..., निकाल निकाल...’ भन्दै कराउने र तर्सिनेलगायतका समस्या रहेका छन् । उहाँलाई थप उपचारका लागि कोहलपुर पठाइएको छ । 

आठबिसकोट नगरपालिका–९ की २५ वर्षीय रूपा शाही (नाम परिवर्तन) लाई मनोपरामर्शकर्ताले नियमित आफ्नो निगरानीमा राखेर परामर्श सेवा दिइरहेका छन् । महिला पुनस्र्थापना केन्द्र (ओरेक) नेपालका जिल्ला संयोजक दीपा धितालले भूकम्पले दस महिनाको नाबालक र आमा गुमाएकी रूपालाई मानसिक समस्या बढिरहेको बताउनुभयो  । माइतीघर आएका बेला भूकम्पमा परेर आफैँ पनि घाइते हुनुभएकी रूपमा अहिले झोव्रmाउने, रिसाउने, खान नखाने, टोलाउनेलगायका समस्या देखिइरहेका छन्।