हरिकृष्ण ऐडी
मुगु, कात्तिक २५ गते । भीरबाट लडेर बुबाको मृत्यु भएपछि तीन जना नाबालकको बिचल्ली भएको छ । आमासमेत बिरामी भएर घरमै थलिएपछि १२ वर्षीय सागर नेपाली, नौ वर्षीय महेश नेपाली र चार वर्षीय सुजन नेपाली बिचल्लीमा परेका हुन् ।
मुगुको सदरमुकाम गमगढी नजिकै रहेको चैन खोलाको भीरबाट लडेर छायानाथ रारा नगरपालिका वडा नं ७ तलि घुइरकाका ३४ वर्षीय डिसियम नेपालीको मृत्यु भएको हो । नेपालीको बिहीबार बेलुका खाने नुन लिएर घर जाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेपालीकी श्रीमती ईश्वरमति नेपाली बिरामी भई लामो समय देखि ओच्छ्यानमै थलिएपछि तीन नाबालकको बिचल्ली भएको आफन्त जयबहादुर नेपालीले बताउनुभयो ।