• १० जेठ २०८१, बिहिबार

गणतन्त्रपछि रोल्पाको मुहार फेरिँदैछ : प्रधानमन्त्री प्रचण्ड

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ थवाङ खोलामा निर्मित मोटरेवल पुलको उद्घाटन गर्नुहुँदै । तस्विर : प्रधानमन्त्रीको सचिवालय

गोरखापत्र अनलाइन

थवाङ (रोल्पा), कात्तिक २४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्रपछिका पछिल्ला १५ वर्षमा रोल्पाको मुहार परिवर्तन हुँदैगएको बताउनुभएको छ। शुक्रबार दिउँसो सहिद स्मृति राजमार्गको थवाङ खोलामा निर्मित मोटरेवल पुलको उद्घाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो । 

गणतन्त्र प्राप्तिको लडाइँमा अग्रणी योगदान गर्ने रोल्पालाई गणतान्त्रिक सरकारले विशेष महत्त्व दिएको उहाँको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “गणतन्त्र प्राप्तिको आन्दोलनमा रोल्पाको धेरै ठूलो योगदान छ। महान जनयुद्धको आधार इलाकाका रूपमा यस जिल्लाको भूमिका अग्रणी छ। त्यसैले गणतन्त्रपछिका १५ वर्षमा रोल्पालाई केन्द्र सरकारले उच्च महत्त्व दिएको छ।” 


प्रधानमन्त्रीले भन्नुभयो, “तपाईंहरूले सहिद स्मृति सडक निर्माणको काम, कृषिका लागि सहयोग, उत्पादनमुलक नमुना कृषि प्रोजेक्टलगायत जुन विषय उठाउनुभएको छ, ती महत्त्वपूर्ण छन् । त्यसलाई मैले गम्भीरतापूर्वक लिएको छु, पूरा गर्छु।” कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं प्रतिनिधि सभा सदस्य वर्षमान पुनलगायतले सम्बोधन गर्नुभएको थियोे।