• १८ वैशाख २०८१, मङ्गलबार

पीडामा जाजरकोटका भूकम्प प्रभावित (फोटो फिचर)

blog

भूकम्पले पूर्ण रुपमा क्षति भएको जाजरकोटको ग्रामीण क्षेत्रको एउटा घर । । तस्बिरः उपेश महर्जन

जाजरकोट, कात्तिक २७ गते। जाजरकोटमा भूकम्प गएको १० दिन बिते पनि त्यसको पीडा स्थानीयका लागि उस्तै छ। एक चरणमा सरकारले राहत सामग्री पुर्याए पनि पीडितका दुःख उस्तै छन्। 

कात्तिक १७ गते गएको भूकम्पले महिला, बालबालिका र वृद्धवृद्धा सबैभन्दा धेरै प्रभावित भएका छन्। राति ११:४७ बजे बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पले धनजनको क्षति गरेपछि तिहार त्रिपालमै मान्नुपर्ने अवस्थामा पीडित छन्। उनीहरुका पछिल्ला दिन कष्टकर तरिकाले व्यतित भइरहेका छन्। 

चिसो बढ्दै जाँदा भूकम्प प्रभावितको दैनिकी कष्टकर बन्दै गएको छ। भूकम्पले प्रभावित क्षेत्रमा पुगेर गोरखापत्रका सल्लाहकार सम्पादक उपेश महर्जनले कैद गर्नुभएका तस्बिर :