• १९ वैशाख २०८१, बुधबार

भेरी नगरपालिकाले स्थगित गर्‍याे राहत वितरण

blog

फाइल तस्बिर

जाजरकोट, कात्तिक २७ गते। जाजरकोटको भेरी नगरपालिकाले राहत सामग्री वितरण कार्य स्थगित गरेको छ।

नगरपालिकाले सूचना जारी गर्दै राहत सामग्री वितरण कार्य स्थगित गरेको हो। कार्तिक १७ गते राति गएको भूकम्पबाट जिल्लामा ठुलो धनजनको क्षति भएपछि प्रभावित क्षेत्रका परिवारलाई राहत वितरण हुँदै आएको थियो। 

नगरपालिकाले भूकम्पले प्रभावित परिवारलाई राहत वितरण गर्दै आएकोमा तथ्यांकको एकिन गर्ने भन्दै वितरण कार्य स्थगित गरेको हो।

राहत अपुग भएका अति संवेदनशील, गर्भवती तथा सुत्केरी महिला र दीर्घरोगीले आफ्नो बिरामी पहिचान गर्ने सम्बन्धित अस्पतालको बिरामी पुर्जी वा पहिचान खुल्ने प्रमाण र सम्बन्धित वडा कार्यालयको सिफारिससहित पेस गर्न अनुरोध गरिएको छ। 

नगरपालिकाले आवश्यक परेको ठाउँमा निवेदनको आधारमा राहत वितरण गरे पनि तथ्यांक संकलनपछि मात्र थप राहत वितरण गर्ने सूचनामा उल्लेख गरेको छ।