• ४ जेठ २०८३, सोमबार

सदरमुकाममा बर्सेनि खानेपानीको हाहाकार

blog

कालीकोट समाचारदाता

कालीकोट, जेठ ४ गते  । कालीकोट जिल्ला सदरमुकाम मान्म बजारमा बर्सेनि खानेपानीको हाहाकार हुने गरेको छ । कम्जोर व्यवस्थापन, असमान वितरण प्रणाली र मुहान अभावका कारण सदरमुकाममा बर्सेनि खानेपानीको समस्या हुने गरेको हो । 

यसका साथै सडक विस्तार र वन क्षेत्र जाने बासिन्दाले पानीको लाइन काटिदिने गर्दा पानीको अभाव हुने गरेको छ । सदरमुकाम जस्तो क्षेत्रमा पानी आपूर्तिका लागि जिम्मा लिएको निकायको कमजोर व्यवस्थापनको परिणाम सधैँ पिउने पानीको अभाव भइरहेको उपभोक्ताको गुनासो छ । 

बजार क्षेत्रमा पिउने पानीको चरम अभाव भएपछि बजारवासीले समस्या समाधानका लागि खाँडाचक्र नगरपालिका पुगेर ज्ञापनपत्र बुझाएका छन् । उपभोक्ता नन्दबहादुर शाहीले शुक्रबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेशराज जोशीलाई ज्ञापनपत्र बुझाउनुभयो । तत्कालै जिल्ला प्रशासन कार्यालयमा समेत उपभोक्ता पुगेर ज्ञापनपत्र बुझाए । समस्या समाधानका लागि जहाँ ज्ञापनपत्र बुझाए पनि पानी आपूर्तिका लागि सुनुवाइ नभएको उपभोक्ताहरूको गुनासो छ ।