• १५ कात्तिक २०८१, बिहिबार

जाजरकोटमा चार म्याग्निच्युडको परकम्प

blog

काठमाडौं, कात्तिक २८ गते । जाजरकोटमा ४ म्याग्निच्युडको परकम्प गएको छ । मंगलबार राति ९ बजेर १५ मिनेटमा जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार यही कात्तिक १७  गते राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्र भएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पकै परकम्प हो । 

जाजरकोट भूकम्पका कारण १ सय ५४ जनाको मृत्यु भएको छ भने ३ सय ७२ जना घाइते भएका छन् । जसमध्ये २ सय ९३ जना उपचारपछि घर फर्किदा ७९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

भूकम्पका कारण ५ हजार ५ सय ७३ वटा भवन पूर्ण रुपमा क्षति हुँदा ११ हजार ४ सय २१ वटा भवनमा आशिंक क्षति पुगेको छ । अहिलेसम्म ९ हजार घरधुरीलाई राहत वितरण गरिएको जसमध्ये ५२ घरधुरीलाई नगद राहत उपलब्ध गराइएको प्रहरीले जनाएको छ । 

ठूला भूकम्पपछि यस्ता साना परकम्प लामो समयसम्म आइरहने भएकाले नआत्तिन तर सावधानी भने अपनाउन भूकम्पविद्ले सुझाव दिँदै आएका छन् ।