• १३ मंसिर २०८१, बिहिबार

नेपाल एयरलाइन्सको जहाज मर्मतपछि नेपालगन्ज उड्यो

blog

दुवै ईन्जिन स्टार्ट नभएपछि सिमकोट विमान स्थलमा रोकिएको नेपाल एइरलाइन्सको जहाजलाई प्राविधिकहरु मर्मत गर्दै । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, कात्तिक २९ गते । इन्जिनमा फ्युज हाल्ने काम भएपछि सिमकोट विमानस्थलमा रोकिएको नेपाल एयरलाइन्सको जहाज नेपालगन्ज फर्किएको छ । काठमाडौँबाट आएको प्राविधिक टोलीले जहाजको मर्मत कार्य गरेपछि तीन दिनपछि जहाज फिर्ता भएको हो । 

दुवै इन्जिन स्टार्ट नहुने समस्या देखिएर सिमकोट विमानस्थलमा सोमबारबाट रोकिएको नेपाल एयरलाइन्सको जहाज मर्मतपछि फिर्ता भएको छ । मंगलबार काठमाडौँबाट आएको प्राविधिक टोलीले जहाजको इन्जिनमा गएको फ्युज हाल्ने काम गरेपछि फिर्ता भएको हो । 

नागरिक उड्डयन प्राधिकरण सिमकोटका प्रमुख महेन्द्रबहादुर सिंहले मर्मत गरेपछि तेस्रो दिनपछि फिर्ता भएको बताउनुभयो । उक्त जहाजका क्याप्टेन मनिस विष्टले नेपालगन्जका लागि उडान भर्नु भएको हो । 

उहाँले प्राविधिकहरूको टोलीले जहाजको इन्जिन हेरेको र चिसोका कारण इन्जिन सञ्चालनमा समस्या आएको बताउनुभयो । मंगलबार इन्जिनियरसहित तीन जना जना प्राविधिक जहाजको मर्मतका लागि सिमकोट आई पुगेको थियो । जहाजमा प्राविधिक समस्या आएपछि वरिष्ठ क्याप्टेन विष्ट, कोपाईलट र एयरहोस्टेज समेत सिमकोटमा रोकिनुभएको थियो । जहाज मर्मतपछि रोकिएका यात्रुहरू उड्न पाएका थिए ।