• १९ असार २०८१, बुधबार

आगलागी हुँदा घर जलेर नष्ट, दुई घरमा आंशिक क्षति

blog

फाइल तस्बिर

हरिकृष्ण ऐडी

मुगु, कात्तिक २८ गते । मुगुको छायाँनाथ रारा नगरपालिका –१० जिउँला गाउँमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । दुई घरमा आंशिक क्षति भएको छ । 

मङ्गलबार साँझ ३  बजेतिर आगलागी हुँदा लक्ष्मी विकको घर पूर्णरुपमा जलेर नष्ट भएको हो । आगलागी हुँदा लक्ष्मीका छिमेकी दुई जनाको घरमा पनि आगो सल्किदा आंशिक क्षति भएको छायाँनाथ रारा नगरपालिका वडा १० का वडाअध्यक्ष हस्तबहादुर बुढाले बताउनुभयो । 

उहाँका अनुसार जिल्ला प्रहरी कार्यालय गमगढीलाई आगो नियन्त्रणका लागि जानकारी गराइएको बताउनुभयो । लक्ष्मीको घरभित्र रहेका लत्ताकपडा, कोदो, चामल, खानेकुरा, बालबालिकाका किताब त्यसैगरी नगद रुपियाँ र गरगहना जलेर नष्ट भएको वडाध्यक्षले जानकारी दिनुभयो । 

सो घरमा लागेको आगो अहिले नियन्त्रणमा आइसकेको स्थानीय प्रेम विकले  बताउनुभयो ।