• १९ वैशाख २०८१, बुधबार

खसेको ढुङ्गा लागेर महिलाको मृत्यु

blog

राजन रावत

हुम्ला, कात्तिक २७ गते । माथिबाट खसेको ढुङ्गा लागेर हुम्लामा एक महिलाको मृत्यु भएको छ । जिल्लाको सर्केगाड गाउँपालिका–३ उनापानी गाउँमा घर भएकी ४१ वर्षीया पुनी कार्कीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दले माथिबाट खसेको ढुङ्गा लागेर घाइते भई उपचार गर्न जिल्ला बाहिर लैजानेक्रममा  कार्कीको बाटोमै मृत्यु भएको बताउनुभयो । उनापानी घर भएकी कार्कीलाई शनिबार बिहान ९ बजे सोशी गाउँपालिका–४ को मुण्डीगाउँ नजिकै ढुङ्गा लागेको थियो ।

उपचारका लागि कोल्टी लैजानेक्रममा अदानचुली गाउँपालिका–३ स्थित मकैनजिकै आज उहाँको मृत्यु भएको हो । कार्कीको सर्केगाड गाउँपालिकाको सायाँ स्वास्थ्य चौकीमा उपचार गरिएको भए पनि ठीक नभएपछि थप उपचारका लागि बाजुराको कोल्टी लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।