बोलेरो जिप दुर्घटनामा दुई जना घाइते
पाल्पामा बलेरो जिप दुर्घटना भएपछि दुई जना घाइते भएका छन् । बुधबार बिहान साढे ९ बजेतिर पाल्पाको बगनासकाली –८, देउरालीमा लु १ च ५३७२ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो ।
नेपालगन्जमा सामूहिक बेल विवाह
नेवार समुदायको संस्कारअनुसार नेपालगन्जमा विधिवत् रुपमा बालिकाहरुको सामूहिक ईही (बेल विवाह) र बालकहरुका लागि सामूहिक कय्ता पूजा (ब्रतवन्ध तथा उपनयन संस्कार) सम्पन्न भएको छ ।
कृषिको उत्पादन बढाउन सहज बजारीकरण जरुरीः मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृषि उत्पादन बढाउन सहज बजारीकरण र मूल्य सुनिश्चितता जरुरी रहेको बताउनुभएको छ । यि दुवै काम गर्न स्थानीय स्तरमा खरिद तथा बिक्री कक्ष स्थापना गरेर सञ्चालन गर्न अनिवार्य भएको बताउनुभएको हो ।
बाँकेका पाँच हजार किशोरीलाई लगाइयो एचपिभी खोप
बाँकेका पाँच हजारभन्दा बढी बालिका र किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइएको छ । जिल्लाका पाँच हजार १४ जना बालिका र किशोरीलाई पहिलो दिन एचपिभी खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
नवलपुरमा नौ करोडको सुन्तला उत्पादन
यस वर्ष नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा रु नौ करोड बराबरको सुन्तला उत्पादन भएको छ । जिल्लामा सुन्तला लगाउने क्षेत्रफल बढेसँगै गत वर्षभन्दा उत्पादनमा वृद्धि भएको हो ।
गुल्मी–अर्घाखाँची सडक बन्द हुने
गुल्मीको रिडीदेखि अर्घाखाँचीको बलकोट सडकखण्ड करिब एक महिना पूर्ण रूपमा बन्द रहने भएको छ ।
प्रेस सेन्टर गुल्मीमा पोखरेल सर्वसम्मत
प्रेस सेन्टर नेपाल, गुल्मीमा नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । सदरमुकाम तम्घासमा सम्पन्न प्रेस सेन्टर नेपाल, गुल्मी शाखाको चौथो अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
खरबारीमा पुरुष मृत फेला
पाल्पामा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको रामपुर–३, चनौली घर भइ हाल बगनासकाली–२, पोखराथोकमा बस्दै आउनुभएका ५६ वर्षका रेमबहादुर सुर्यबंशी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
अर्गानिक उत्पादनमा जोड दिन मुख्यमन्त्रीको आग्रह
लुम्बिनी प्रदेशमा अर्गानिक खाद्यान्न, तरकारी तथा फलफूल उत्पादनका लागि प्रदेश सरकारले विशेष कार्यक्रम बनाएर सम्बोधन गर्ने मुख्यमन्त्री चेतनारायण आचार्यले बताउनुभएको छ।
थारू रैथाने खाना महोत्सव हुँदै, उदघाटन देउवाले गर्नुहुने
दाङको दङ्गीशरणमा दुई दिने रैथाने खाना महोत्सव हुने भएको छ । मटावाँ, बरघर, भलमन्सा महासङ्घको आयोजनामा दङ्गीशरण गाउँपालिका ३ स्थित चखौरामा रहेको थारु सांस्कृतिक संग्रहालयमा माघ २६ र २७ गते दुई दिने अन्तर प्रदेशस्तरीय सांस्कृतिक तथा रैथाने खाना महोत्सव हुन लागेको हो ।
पाठेघरको क्यान्सर विरुद्धको एचपिभी खोप लगाउन सुरु
पाल्पामा पाठेघर मुखको क्यान्सर विरुद्धको खोप अभियान सुरु भएको छ ।
महायज्ञ लगाएर विद्यालयको भवन निर्माण
दाङको घोराही उपमहानगरपालिका –१३ सेवार वनगाउँस्थित वराहक्षेत्र माध्यमिक विद्यालयमा दाताको सहयोगबाट भवन निर्माण गरिएको छ ।
बाँसगढी दरबार क्षेत्रमा राखियो दुई सय ५१ केजीको शालिग्राम
छिल्लीकोटे राजाको हिउँदकालीन दरबार क्षेत्र बाँसगढी कालिका मालिका मन्दिर परिसरमा शालिकग्राम राखिएको छ । नेपाल एकीकरण हुनुपूर्व दाङ जिल्लाको बाँसगढी दरबार क्षेत्र छिल्लीकोटे राजाको हिउँदकालीन बसोबास क्षेत्रकारूपमा रहेको थियो ।
सुनकोशीमा जल पर्यटन प्राथमिकतामा
उदयपुरको त्रियुगा नगरपालिकाले सुनकोशी नदीमा जल पर्यटनको विकास गर्दै स्थानीयवासीलाई आयआर्जनसँग जोड्ने उद्देश्यले आधारभूत कायक तथा र्याफ्टिङ तालिम सुरु गरेको छ ।
सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना फैलाउदै रुपन्देही ट्राफिक
बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले ट्राफिक सचेतनालाई अभियानको रुपमा अगाडि बढाएको छ ।
चाँचलामा पुग्यो विकास पूर्वाधार
घोराही उपमहानगरपालिका–११ स्थित चाँचलामा विकासका पूर्वाधार पुगेका छन् । पाँच वर्षअघिसम्म उपमहानगरपालिका क्षेत्रभित्र भए पनि चाँचला दुर्गम नै मानिन्थ्यो ।
एचपिभी खोप लगाउने तयारी पूरा
गुल्मीमा ११ हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइने भएको छ । जसको सबै तयारी पूरा भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
‘शिक्षा नीतिमा सुधार आवश्यक’
लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले समय अनुकूल शिक्षा नीतिमा सुधार गर्न ध्यान दिनुपर्ने बताउनुभएको छ ।
प्रेस चौतारी पाल्पाको अध्यक्षमा कार्की
प्रेस चौतारी नेपाल पाल्पाको नवौँ अधिवेशनले कृष्ण कार्कीलाई पुन अध्यक्षतामा निर्वाचित गरेको छ । कार्की यसअघिको समितिमा पनि अध्यक्षमा चयन हुनुभएको थियो ।
उपप्रधानमन्त्री पौडेलद्वारा मुक्तिनाथधाममा मंगल भवनको शिलान्यास
बुटवल १२ मा रहेको मुक्तिनाथ धाममा मंगल भवनको शिलान्यास गरिएको छ । भवनको उपप्रधा एवम् अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गर्नुभयो ।
क्लव स्तरीय भलिबल प्रतियोगिता सुरु
रामपुरमा विभागिय टिमसहितको सहभागितामा क्लव स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । चौथो रामपुर महोत्सव तथा व्यापार मेलाको अवसरमा रामपुर महोत्सव कपअन्तर्गत प्रतियोगिता सुरु भएको हो ।
प्रधानमन्त्री ओली फागुनमा दाङ आउनु हुने
नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली फागुन ५ गते दाङ आउनुहुने भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकमा कुलपतिको हैसितले सहभागी हुन आउन लाग्नु भएको प्रष्तिष्ठानका पदाधिकारीले बताएका छन् ।
प्रदेश स्थापनाको आठौं दिवस मनाइयो
लुम्बिनी प्रदेश स्थापनाको आठौं दिवस उत्सवपूर्वक मनाइएको छ । प्रदेश सरकार र प्रदेश सभाको संयुक्त आयोजनामा देउखुरीस्थित प्रदेश सभा परिसरमा झाँकी प्रदर्शन, मन्त्रालयका स्टलहरू तथा सरकारी उपलब्धिहरूको प्रदर्शनी गरिएको छ ।
दुर्घटना गरेर फरार रहेका बाल्मिकी पक्राउ
माघ १९ गते राति नेपालगन्ज ११ मा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको घटनामा फरार रहेका अर्को मोटरसाइकलका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।