• २२ माघ २०८१, मङ्गलबार

चाँचलामा पुग्यो विकास पूर्वाधार

blog

तुलसीपुर समाचारदाता

तुलसीपुर, माघ २२ गते । घोराही उपमहानगरपालिका–११ स्थित चाँचलामा विकासका पूर्वाधार पुगेका छन् । पाँच वर्षअघिसम्म उपमहानगरपालिका क्षेत्रभित्र भए पनि चाँचला दुर्गम नै मानिन्थ्यो । पाँच वर्षपहिले त्यहाँ विकासका पूर्वाधार पुगेका थिएनन् । चाँचलामा अहिले सडक, विद्युत्, खानेपानी पुगेको छ । कुनै समय औलो रोगबाट बच्न दाङवासीको सुरक्षित क्षेत्र चाँचलालाई मानिन्थ्यो । त्यहाँ कुनै समय ७० भन्दा बढी घरधुरीको बसोबास थियो । बिचमा घरधुरी घटेको थियो भने अहिले ९० घरधुरी पुगेका छन् । चाँचला कहिले सल्यान त कहिले रोल्पा हुँदै अहिले दाङ जिल्लाको भूगोलमा पर्छ । २०३२ सालपूर्व त्यो भूगोल सल्यानमा पथ्र्यो । २०२८ सालमा भएको नाप नक्साङ्कनका क्रममा त्यो भूभाग रोल्पाको भन्दै  छुट्याइएको थियो । अहिले दाङमा देखाएको छ ।