• ६ असार २०८२, शुक्रबार

३० लाख प्रति लाइसेन्स छापिने

blog

काठमाडौँ, असार ६ गते । सुरक्षण मुद्रण केन्द्रले छाप्न बाँकी ३० लाख प्रति सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) असार मसान्तदेखि छाप्ने भएको छ । यातायात व्यवस्था विभाग र केन्द्रबिच जेठमा समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको थियो । 

असार मसान्तसम्म नमुना प्रिन्ट गरेर विभागलाई दिने तयारी भएको केन्द्रले जनाएको छ ।  केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले भन्नुभयो, “हामी असार मसान्तसम्म नमुना प्रिन्ट गरेर दिन्छौँ । त्यसपछि निरन्तर छपाइ हुन्छ । हामीसँग भएको मेसिनले छाप्ने हो । नयाँ ल्याउनु पर्दैन ।