• ६ असार २०८२, शुक्रबार

सुनचाँदी बजारः दुवै धातुको मूल्य घट्यो

blog

काठमाडौँ,  असार  ६ गते ।  विगत केही दिनदेखि उच्च वृद्धि भएको सुनचाँदीको मूल्यमा बिहीबारदेखि सामान्य गिरावट आएको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा रु. ४०० र चाँदीमा रु. २५ ले घटेकामा त्यति नै परिमाणको सुन र चाँदी आज क्रमशः रु. ८०० र रु. ५० ले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु. एक लाख ९४ हजार ७०० सोही परिमाणको चाँदीको मोल रु. दुई हजार १५० निर्धारण भएको छ । बिहीबार प्रतितोला सुन रु. एक लाख ९५ हजार ५०० र चाँदी रु. दुई हजार २०० मा कारोबार भएको थियो । 

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३०० अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रासस