अर्जुन काफ्ले
स्याङ्जा, असार ६ गते । जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ । करणी गरेको आरोपमा प्रहरीले फेदीखोला गाउँपालिका–३ कराम्दीका २७ वर्षीय सूर्य मिजारलाई पक्राउ गरेको छ ।
परिवर्तित जिल्ला ४० स्थित परिवर्तित नाम (०८१/०८२ आँधीखोला १८०) की महिलामाथि घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।
पीडित महिलालाई घरमा बसिरहेको अवस्थामा मिजारले जबरजस्ती करणी गरेको पीडितले बताउनुभएको छ । पीडितको जाहेरीका आधारमा मिजारलाई खोजतलास गर्ने क्रममा बिहीबार लुकिछिपी हिँड्दै गरेको अवस्थामा फेदीखोलाको आरुखर्कबाट नियन्त्रणमा लिइएको हो ।
प्रहरीले आरोपी मिजारलाई स्याङ्जा अदालतमा पेस गरेर जबरजस्ती करणीको कसुरमा कानुनी कारबाही अगाडि बढाइएको जनाएको छ ।