प्रविधिमैत्री बन्दै स्थानीय तह, हात हातमा सेवा
गाउँ गाउँमा सिंहदरबार भन्ने नारा अब नारामै मात्रै सीमित रहेन, यसको कार्यान्वयनसमेत हुन थालेको छ । खुल्ला सरकारको अवधारणा ल्याएसँगै तीन तहकै सरकारले नागरिकको हात हातमै सेवा पुर्याउन थालेका छन् ।
चित्रकार विनोदीको उपचार सहयोगार्थ चित्रकला प्रदर्शनी
अर्बुद (क्यान्सर) रोगबाट पीडित नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का गैँडाकोटका कवि तथा चित्रकार गोविन्दराज विनोदीको उपचार सहयोगार्थ चित्रकला प्रदर्शनी गरिएको छ ।
चुनारालाई डान्सिङ उपाधि
इन्टर स्कुल डान्सिङ स्टार २०८१ को उपाधि नेपालगन्जको सगरमाथा बोर्डिङ स्कुलका दिलीप चुनाराले जित्नुभएको छ ।
डेरामा बस्नेको हत्या आरोपमा युवा पक्राउ
जिल्ला प्रहरी कार्यालय पाल्पाले डेरामा बस्ने व्यक्तिको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
अनुदानमा मकैको बीउ वितरण गरिने
गुल्मीको मदाने गाउँपालिकाले कृषकलाई अनुदानमा मकैको बीउ वितरण गर्ने भएको छ ।
मेयर कपको उद्घाटनमा सेन्ट जेभियर्स र होप इन्टरनेशनलले प्रतिस्पर्धा गर्ने
मेयर कप अन्तर विद्यालय जिल्ला स्तरीय छात्र फुटबलको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन नेपालगन्ज सेन्ट जेभिर्यस स्कुल र होप इन्टरनेसनल स्कुलले प्रतिस्पर्धा गर्ने भएका छन् ।
बाँकेको नौबस्ता कारागार तथा बाल सुधार गृहलाई पुस्तक हस्तान्तरण
कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले बाँकेको नौबस्तामा अवस्थित कारागार एवं बाल सुधार गृहलाई पुस्तक हस्तान्तरण गरेको छ।
पृथ्वी पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना
नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा बर्दियाले पृथ्वी पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना गरेको छ । गुलरिया नगरपालिका –७ बस्ने पत्रकार एवं समाजसेवी कमलराज पौडेलले अक्षयकोष स्थापना गर्न एक लाख एक हजार एकसय ११ रुपियाँ सहयोग गरेपछि अक्षयकोष स्थापना भएको हो ।
यसरी समाधान गर्न सकिन्छ मोही किसानको समस्या
स्वर्गद्वारी गुठीको जग्गामा बसोवास एवम् उपभोग गरिरहेका गुठीपीडित किसानले आश्रमको जग्गा आफ्नो नाममा रैकर गरिनुपर्ने र मोहियानी हक कायम गर्नुपर्ने माग गर्दै लामो समयदेखि आन्दोलनमा छन् ।
प्रशासन कार्यालयको टोलीद्वारा अस्पतालको अनुगमन
यस क्षेत्रको सबैभन्दा ठुलो सरकारी अस्पतालमध्ये एक नेपालगन्जस्थित भेरी अस्पतालमा जिल्ला प्रशासन कार्यालय बाँकेको अनुगमन टोलीले अनुगमन गरेको छ ।
बिमाबाट मजदुरका परिवारले पाए सहयोग
नेपालगन्ज उपमहानगरपालिका –१ मा सुरु गरिएको मजदुर लक्षित बिमा कार्यक्रममा सहभागी भई बिमा गराएका व्यक्तिको निधन भएपछि आश्रित परिवारलाई बीमा रकम हस्तान्तरण गरिएको छ ।
मेलामार्फत लोक संस्कृति संरक्षण गरिँदै
कला, संस्कृति मानव जीवनका सिकाइ भएकाले यहाँ लोक संस्कृति संरक्षण गर्न थालिएको छ । कला, संस्कृति संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले रामपुर महोत्सव तथा व्यापार मेलाको आयोजना गरी लुकेर रहेका प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गरिएको हो ।
‘एचपिभी खोप अभियानलाई लक्षित समूहसम्म पुर्याउनुपर्छ’
जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले एचपिभी खोप अभियानलाई लक्षित समूहसम्म पुर्याउन सरोकारवाला सबै लाग्नुपर्ने बताउनुभएको छ।
प्युठानको पाङबाङ गाउँ
दाङ, माघ २४ गते । प्युठान माण्डवी गाउँपालिका २ स्थित मौरीछेडाबाट देखिएको सरुमारानी गाउँपालिका ६ को पाङबाङ गाउँ । दाङसँग सिमाना जोडिएको पाङबाङ गाउँमा जनजाति र दलित समुदायको बाहुल्य छ। तस्बिरः रासस
ग्रामीण सडक कालोपत्रे गरिँदै
रुकुमपूर्वको भुमे गाउँपालिका–३ स्थित जितखोला–सीमा–झुम्लावाङ ग्रामीण सडक कालोपत्रेको काम सुरु गरिएको छ ।
निर्माण हुने भयो फोहोर प्रशोधन केन्द्र
सरकारले सैनामैना नगरपालिका रुपन्देहीलाई फोहोर व्यवस्थापन केन्द्र निर्माणका लागि स्वीकृति दिने निर्णय गरेसँगै फोहोर प्रशोधन केन्द्र निर्माणको काम अघि बढ्ने भएको छ ।
वनमै सड्न थाले काठ
दाङमा कटान गरिएको काठ समयमै नउठ्दा करिब एक लाख क्युफिट काठ वनमै थन्किएको छ । जिल्लाका विभिन्न सामुदायिक तथा राष्ट्रिय वनमा कटान गरिएको काठ लामो समयदेखि ननिकाल्दा कतिपय वनमा काठ कुहिन थालेका छन् ।
चिडिमार समुदायका महिलाका लागि सञ्जाल
चिडिमार समुदायका महिलाको हकहित तथा उत्थानका लागि नेपालगन्जमा राष्ट्रियस्तरको सञ्जाल गठन गरिएको छ ।
पर्यटकीय गन्तव्य बन्दै ‘छिल्लीकोट’
पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा पछिल्लो समय आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । १५÷१६औँ शताब्दीमा राजा मेघनाथ शाहले राज गरेको यस ठाउँको अवलोकन गर्न आउनेहरू निरन्तर बढ्दै गएको स्थानीय प्रवीर पुनले बताउनुभयो ।
नमस्तेलाई उपाधि
चौथो रामपुर महोत्सव तथा व्यापार मेलामा भएको खुला लोकदोहोरी प्रतियोगिताको उपाधि नमस्ते होटेल पाल्पाले जित्न सफल भएको छ ।
टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देही जिल्ला देवदह नगरपालिका –२, का ३१ वर्षीय सुनिल गुरुङ् रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घोराही–८ का वडा अध्यक्ष शाह निष्काशित
नेकपा (एमाले) दाङले घोराही उपमहानगरपालिका –८ का वडा अध्यक्ष जितेन्द्र शाहलाई पार्टीबाट निष्काशित गरेको छ ।
एमाले दाङको आमसभा तयारी तिव्र, ५० हजारको सहभागिता रहने
नेकपा (एमाले) ले दाङमा आमसभाको तयारी गरेको छ । फागुन ५ गते हुने आमसभामा ५० हजार बढीको सहभागिता गराउने एमाले दाङका पदाधिकारीहरुको भनाइ छ ।
दाङको एक्ली महिला बरघर सीता चौधरी
लमही नगरपालिका –८ का सीता चौधरी दुई वर्ष अघिसम्म घरभित्रकै काममा सीमित हुनुहुन्थ्यो । कुनै संघ संस्थामा नभएकाले उहाँ घरको खेतिपाती स्याहार्ने र घरको काममा सीमित हुनुपरेकाले उहाँ बाहिरको काममा खासै ध्यान दिन सक्नुहुन्थेन ।