• २४ माघ २०८१, बिहिबार

डेरामा बस्नेको हत्या आरोपमा युवा पक्राउ

blog

रेखीराम राना

तानसेन, माघ २४ गते । जिल्ला प्रहरी कार्यालय पाल्पाले डेरामा बस्ने व्यक्तिको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तानसेन–११, साँचाका ३१ वर्षीय माधव विष्ट रहेका छन् । विष्टको घरमा डेरा लिइ बस्ने रिव्दीकोट–१, जोगीथुमका ५२ वर्षीय रुद्रबहादुर बुढाथोकीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले विष्टलाई पक्राउ गरेको हो ।

बुढाथोकी केही समयअघिदेखि विष्टको घरमा डेरा लिइ बस्नुभएको अनुसन्धानमा खुलेको छ । बुढाथोकीले लेबरको काम गर्दै आउनुभएको थियो । प्रहरीकाअनुसार बुढाथोकी माघ २३ गते बिहान ८ बजेतिर डेराको कोठामा मृत भेटिनुभएको थियो ।

बुढाथोकीको नाक, निधार, मुख र सुतेको खाटमा समेत रगत लागेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।