‘सिभिल इन्जिनियर’ अध्ययन गरेर व्यावसायिक कागतीखेतीमा रमाउँदै प्रतीक
घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीक लोहनीले चार बिघा जग्गामा व्यावसायिक कागतीखेती गर्नुभएको छ । लामो समय अध्ययन तथा रोजगारीका सिलसिलामा अमेरिका बस्नुभएका उहाँले विगत दुई बर्षदेखि आफ्नै पुर्ख्याैली थलोमा व्यावसायिक कागतीखेती गर्नुभएको हो ।
थारू सांस्कृतिक सङ्ग्रहालय
दाङ, माघ २९ गते । दाङको दङ्गीशरण गाउँपालिका–३ स्थित थारू सांस्कृतिक सङ्ग्रहालय चखौरामा राखिएका थारू जातिको पहिचान, कला संस्कृति झल्काउने मूर्ति, आकृति तथा चित्रहरु । तस्बिरः रासस
विद्युतीय गाडी चार्जिङ स्टेशन
नवलपरासी, माघ २९ गते । नवलपरासी [बर्दघाट–सुस्तापूर्व]को कावासोती–११ लोकाहामा निर्माण गरिएको चार्जिङ स्टेशनमा विद्युतीय गाडीहरु चार्ज हुँदै । नारायणघाटबाट २५ किलोमिटर पश्चिममा पूर्वपश्चिम राजमार्गसँगै रहेको यस चार्जिङ स्टेशनमा साना, ठूला गरी एकैसाथ पाँचवटा गाडी चार्ज गर्ने क्षमता छ । तस्बिरः रासस
राहत नपाउँदा चिन्तित
गुल्मीमा वन्यजन्तुबाट खाद्यबाली र पशुधनको क्षति भएका किसानले लामो समयदेखि राहत पाउन सकेका छैनन् ।
भुइँ ऐँसेलुको व्यावसायिक खेती
बाँके जिल्लामा पहिलो पटक भुइँ ऐँसेलु (स्ट्रबेरी) व्यावसायिक खेती सुरु भएको छ । बैजनाथ गाउँपालिका–१, च्यामागाउँका ४३ वर्षीय सर्पराज बस्नेतले त्यस्तो खेती सुरु गर्नुभएको छ ।
गुल्मीमा एक पुरुष मृत फेला
गुल्मीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । यस जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर-३, धरमपानीका ४८ वर्षीय तुलबहादुर कार्की मृत अवस्थामा फेला परेका हुन् ।
आठबिसकोट नगरपालिकामा तोडफोड : अत्यावश्यक बाहेकका सेवा बन्द
रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा तोडफोड भएको छ ।
चाख्लीघाटमा सार्वजनिक बस सेवा, स्थानीय खुशी
विकासको हिसाबले पछाडि परेको घोराही उपमहानगरपालिका–२, चाख्लीघाटमा पहिलो पटक सार्वजनिक बस सेवा सुरु भएको छ ।
आत्महत्या न्यूनीकरण गर्न सचेतना
पछिल्लो समयमा गुल्मीमा आत्महत्याको दर बढ्दै गइरहेको हुँदा इस्मा गाउँपालिकामा आत्महत्या न्यूनीकरण गर्न सचेतना कार्यक्रम थालिएको छ।
मानव बेचबिखन नियन्त्रण गर्न सिमाना र सम्बन्ध सुधार हुनुपर्छः मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खुला सिमानाको सहज पहुँचलाई दुरुपयोग गर्दै मानव बेचबिखनका गिरोहहरू सक्रिय रहेकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्रीसमक्ष अतिक्रमित जग्गा खाली गराउन माग
बाँकेको कोहलपुरस्थित निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला नजिकै रहेको सरकारी जग्गाको अतिक्रमण हटाउन स्थानीयस्तरबाट भएको पहलकदमीले सार्थकता नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराइएको छ ।
बिहेमा झगडा हुँदा एक जनाको मृत्यु, छ जना पक्राउ
बाँकेको बैजनाथमा भएको ‘ग्याङ फाइट’मा खुकुरी प्रहारबाट घाइते एक जनाको मृत्यु भएको छ । बैजनाथ गाउँपालिका–८ स्थित पुष्पनगर बीचलाइनमा भएको ग्याङ फाइटमा खुकुरी प्रहारबाट घाइते भएका स्थानीय दिनेश रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ । रोकायाको उपचारका क्रममा भारतको लखनउमा मृत्यु भएको हो ।
वनभित्र निर्माण गरिएको रानी जलाशय
दाङ, माघ २८ गते । दाङको तुलसीपुर उपमहानगरपालिका १८ स्थित रानी सामुदायिक वनभित्र निर्माण गरिएको रानी जलाशय । सिँचाइ तथा पर्यावरणका लागि बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाले उक्त जलाशय निर्माण गरेको हो । तस्बिरः रासस
मस्तिष्कघातको उपचारबारे छलफल
मस्तिष्कघात (स्ट्रोक) सम्बन्धी हाल आएको आधुनिक चिकित्सा ज्ञान आदानप्रदान गर्ने उद्देश्यले नेपालगन्जमा वरिष्ठ न्युरो सर्जनहरू भेला भएका छन् ।
पैदलयात्रीको सहारा झोलुङ्गे पुल
वर्षायामको समयमा खोला तर्नभन्दा पनि लामो पैदलयात्राको दुरी कम गर्न झोलुङ्गे पुल स्थानीयका लागि सहारा बनेको छ ।
घोराही–तुलसीपुर सडक चार लेनको हुने
दाङको घोराही–तुलसीपुर सडकखण्ड चार लेनको बनाउने भनेर ठेक्का लाग्ने भएको छ । मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले स्थलगत अध्ययन गरी लागत अनुमानको फाइल तयार गरेर ठेक्का लगाउने तयारी गरेको छ ।
प्रहरी बनेर ठगी गर्ने दुई जना पक्राउ
कपिलवस्तुमा प्रहरीको सिआईडी हुँ भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको बाणगंगा नगरपालिका वडा नं.२ पिपराका ३२ वर्षीय ऋषिराम घिमिरे र वडा नं. २ कप्टैयाका ३२ वर्षीय जीवन थापा रहको प्रहरीले जनाएको छ ।
सत्तरी हजार चल्ला उत्पादन
चल्ला उत्पादन गरेर पश्चिम नेपालभर वितरण गर्ने उद्देश्यसाथ बाँकेको खजुरामा सरकारले स्थापना गरेको कुखुरा विकास फार्मले चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्म ७० हजार चल्ला उत्पादन गरेको जनाएको छ ।
अवैध सुन र एक लाख बढी नगदसहित एक पक्राउ
दाङमा प्रहरीले अवैध सुन र नगदसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले उपमहानगरपालिका –१५ ट्राफिक चोकबाट घोराही उपमहानगरपालिका –१४ मिलनचोक निवासी २५ वर्षीय रञ्जित रसाइलीलाई अवैध सुन र नगदसहित पक्राउ गरेको हो ।
कोहलपुरको अतिक्रमित जग्गा फिर्ता ल्याउने प्रधानमन्त्रीको दृढता
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँकेको कोहलपुर नगरपालिका–११ स्थित क्रिकेट मैदान आसपास कोहलपुर नगर विकास समितिको करिब २८ बिघा अतिक्रमित जमिनबारे ध्यानाकर्षण गराइएको छ ।
बरघर, भलमन्सा संघको अध्यक्षमा पुनः डिल्ली चौधरी
मटावाँ, बरघर, भलमन्सा संघको केन्द्रीय अध्यक्षमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ । दंगीशरण गाउँपालिका –३, चखौरास्थित थारु संग्रहालय परिसरमा माघ २६ र २७ गते भएको संघको अधिवेशनबाट चौधरी पुनः अध्यक्षमा चयन हुनुभएको हो ।
ट्रकको ठक्करबाट एकको मृत्यु
तुलसीपुरको हात्तीखौवा चोकनजिक ट्रकको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृतक तुलसीपुर उपमहानगरपालिका ७ का ५६ वर्षिय जंगबहादुर चौधरी रहेको प्रहरीले जनाएको छ ।
रूपन्देहीको सैनामैनामा राष्ट्रियस्तरको फुटबल हुँदै
रूपन्देहीको सैनामैना नगरपालिका–४ स्थित मुर्गियामा प्रथम सुनगाभा सैनामैना गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ ।
बाँकेमा ९५ हेक्टरमा हिउँदे मकै खेती
बाँकेका किसानहरू पछिल्लो समय हिउँदे मकै खेतीतर्फ आकर्षित हुन थालेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।