जिप दुर्घटना हुँदा शिक्षिकाको मृत्यु, दुई नाबालक छोरा घाइते
रोल्पाको घर्ती गाउँबाट होलेरी जाने क्रममा त्रिवेणी गाउँपालिका–७ नन्दीखोला नजिकै शुक्रबार बेलुकी जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
तपस्वी कपिलानन्द गिरीको मूर्ति
म्याग्दी, माघ २६ गते । म्याग्दीको मालिका गाउँपालिका ७ स्थित प्रभुचेला धुरी तपस्थली केन्द्रमा स्थापना गरिएको तपस्वी कपिलानन्द गिरीको मूर्ति । स्वर्गद्धारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले विसं १९७० देखि १९७५ सम्म यहाँ तपस्या गर्नुभएको थियो । प्रभुचेला धुरी तपस्थली केन्द्रमा यही माघ २१ गते उक्त मुर्ति स्थापना गरिएको हो । तस्बिरः रासस
खानेपानीको जोहो
दाङ, माघ २६ गते । दाङको घोराही उपमहानगरपालिका १८ स्थित घोरदौराका स्थानीय सार्वजनिक धाराबाट खानेपानी भर्दै । तस्बिरः रासस
तीस किलो तौलको खुकुरी
पाल्पा, माघ २६ गते । पाल्पाको रामपुर नगरपालिकामा जारी चौथो रामपुर महोत्सव तथा व्यापार मेलामा प्रदर्शनीमा राखिएको तीस किलो तौल भएको रु एक लाख एघार एक सय ११ मुल्य पर्ने खुकुरी । सन्तोष विश्वकर्माले तयार पारेको खुकुरी यतिबेला मेलाको मुख्य आकर्षण बनिरहेको छ । तीस किलो खुकुरी आठ फिट लम्बाइ छ भने दापसहित ४२ किलोको छ । तीन जना व्यक्तिको सहायता लिएर २० दिनमा खुकुरी तयार पारिएको हो । तस्बिरः रासस
जाँगरिला ७६ वर्षीय पलभान, जुत्ता–चप्पल सिलाएर गुजारा
चार कोरीको आसपास पुगेपनि उहाँको जाँगर मरेको छैन । रुकुमकोटमा अझै पनि उहाँ बाटोमा बसेर जुत्ता–चप्पल सिलाउँदै आउनु भएको छ । यो काम गरेको उहाँको २० वर्ष भन्दा बढी भयो ।
मूर्ति खोप्न खप्पिस जेपीको आम्दानी महिनामै लाख
उमेरले करिब चार दशक पुग्नु भएका जेपी मगर मूर्तिकला सम्बन्धी काम गर्दै आउनुभएको छ । जग्गा भाडामा लिएर घोराही उपमहानगरपालिका–१७ गैरा गाउँमा सृजनशील मूर्ति उद्योग स्थापना गर्नुभएका मगरले मूर्ति बनाएर महिनामा एक लाख बढी आम्दानी गर्दै आउनुभएको छ ।
७० वर्ष पुरानो भवनमै पठनपाठन, जोखिममा विद्यार्थी
सन्तोष दहित दाङ (घोराही) माघ २६ गते । महेन्द्र बहुमुखी क्याम्पस दाङको भवन जीर्ण अवस्थामा पुगेको छ । ६९ वर्ष पुरानो भवनमा पठनपाठन हुने गरेकाले हजारौँ विद्यार्थी र शिक्षक कर्मचारी जोखिममा रहेका हुन् । घोराही–१५ भरतपुरमा रहेको क्याम्पसको अधिकांश भवनहरू जीर्ण भएका छन् । कक्षा कोठाका भित्ता चर्किएका छन् भने झ्यालहरूमा टुट्फूट देखिन्छ । क्याम्पस प्रशासनका भवनदेखि विद्यार्थी पढ्ने भवनहरू जीर्ण भएका छन् । वैकल्पिक भवन नहुँदा तिनै जीर्ण भवनमा पठन पाठन तथा परीक्षाहरू भइरहेको क्याम्पस प्रशासनले जनाएको छ ।६९ वर्ष पुरानो भवनमा विद्यार्थीहरू पढ्न बाध्य रहेको क्याम्पस निमित्त प्रमुख राजेन्द्र रेग्मीले बताउनुभयो । ‘२०१५ माघ ९ गते क्याम्पस स्थापना भयो’– उहाँले भन्नुभयो– ‘क्याम्पस स्थापना भएपछि २०१६ मा भवन निर्माण भएको थियो त्यसपछि केही भवन बने पनि विद्यार्थीको चापले नयाँ भवनमा पनि कक्षा कमी छ, त्यसैले विद्यार्थीलाई समेट्न सकिएका छैन । त्यही भएर अहिले पनि पुरानै भवनमा विद्यार्थीलाई पठनपाठन गराउनुपर्ने बाध्यता छ ।’क्याम्पसको भवन मर्मत सम्भार र नयाँ भवनका लागि पटक–पटक शिक्षा मन्त्रालय र त्रिभुवन विश्वविद्यालयलाई भनिए पनि खासै सुनाइ नभएको क्याम्पसले जनाएको छ । अहिले सङ्घीय सरकारको सहयोगमा एउटा भवन बनि रहेको छ, तर त्यसमा सबै विद्यार्थीहरूलाई पठनपाठन गराउन नसकिएको उहाँले बताउनुभयो । ‘नयाँ भवन निर्माणको लागि प्रस्तावना पेस गर्ने तयारीमा छौँ’– क्याम्पस निमित्त प्रमुख रेग्मीले भन्नुभयो– ‘आशा गरौँ यस पटक सुनुवाइ हुन्छ कि ?’ जीर्ण भवनमा पढाउँदा र पढ्ने विद्यार्थीलाई समेत तनाव सिर्जना हुने गरेको उपप्राध्यापक दिनेश भट्टराईले बताउनुभयो । ‘जीर्ण भवनले विद्यार्थी भयभीत हुन्छन्’– भट्टराईले भन्नुभयो– ‘शिक्षा लिने ठाउँ नै ढुक्कसँग बस्ने अवस्था छैन विद्यार्थीले कसरी सिक्छ ?’‘यस क्याम्पसबाट हजारौँ मानिसले आफ्नो जीवन बदले तर क्याम्पसको जीवन बदल्न खासै कसैले ध्यान दिएनन्’– भट्टराईले भन्नुभयो– ‘साबिक रापतीकै पुरानो र ठुलो क्याम्पसको गरिमा बढाउन अब सबैले सुविधा सम्पन्न भवन बनाउन ध्यान दिनुपर्छ ।’प्रशासनिक भवन पनि जीर्णक्याम्पस प्रशासनको भवन पनि जीर्ण अवस्थामा छ । जीर्ण भवनबाट क्याम्पस प्रशासनले सेवा दिँदै आएको छ । महेन्द्र बहुमुखी क्याम्पस प्रशासनमा २७ जना कर्मचारी छन् भने ८२ जना प्राध्यापक र उपप्राध्यापक रहेको क्याम्पस प्रशासनले जनाएको छ । भवन अभावले एउटै कोठामा चार जना बसेर सेवा दिँदै आएको प्रशासनले बताएको छ ।
प्रविधिमैत्री बन्दै स्थानीय सरकार
गाउँगाउँमा सिंहदरबार भन्ने नारा अब नारामै मात्रै सीमित रहेन, यसको कार्यान्वयनसमेत हुन थालेको देखिन्छ । स्थानीय तह प्रविधिमैत्री हुन थालेको देखिन्छ ।
प्रादेशिक महोत्सवमा ६ करोडको कारोबार
नेपालगन्जमा सञ्चालन भएको प्रादेशिक महोत्सव २०८१ मा ६ करोडको कारोबार भएको नेपालगन्ज उद्योग वाणिज्य संघले जनाएको छ।
कृत्रिम जलाशय निर्माण गरी सिँचाइ
केही वर्षअघिसम्म हिउँदमा सुक्खा देखिने यहाँको घोराही उपमहानगरपालिकाका खेतबारी अहिले हरियाली देखिन्छन् ।
बाँकेमा ५५ प्रतिशत बालिकाले लगाए एचपिभी खोप
पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान सुरु भएको तीन दिनमै बाँके जिल्लामा ५५ प्रतिशत बालिकालाई खोप लगाइसकिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
रोल्पामा ८९ प्रतिशतले लगाए एचपिभी खोप
रोल्पामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप ८९ दशमलव ४३ प्रतिशतले लगाएको स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ । रोल्पाका सबै स्थानीय तहमा खोप अभियान सञ्चालन भइरहेको छ ।
फागुनमा रोल्पामा महोत्सव लाग्ने
रोल्पाको लिवाङमा दोस्रो औद्योगिक, घरेलु, कृषि प्रविधि तथा पर्यटन महोत्सव हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ रोल्पा र महिला उद्यमी समिति रोल्पाको संयुक्त आयोजनामा आगामी फागुन २० देखि २९ गतेसम्म सो महोत्सव हुने शुक्रबार पत्रकार सम्मलेनमार्फत बताइएको हो ।
लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको सचेतकमा श्रेष्ठ
लुम्बिनी प्रदेश नेपाली कांग्रेस संसदीय दलको सचेतकमा धनलक्ष्मी श्रेष्ठ नियुक्त हुनुभएको छ । शुक्रबार नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले श्रेष्ठलाई सचेतक पदमा नियुक्त गर्नुभएको हो ।
विद्यालय स्तरबाटै थारु संस्कृति जगेर्नाको प्रयास
दाङको लमही नगर पालिका १ नर्तीको सुर्य विनायक माविमा अध्यनरत छात्रा अरुणीमा चौधरी र उहाँका साथिहरु लठ्ठी नाचमा नाच्दै छन् ।
चितुवाको आक्रमणबाट महिलाको मृत्यु
बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
सर्वाधिक राशीको भलिबल प्रतियोगिता हुँदै
रुपन्देहीको सैनामैना नगरपालिकामा सर्वाधिक राशीको भलिबल प्रतियोगिता हुने भएको छ । दुधराक्ष युवा क्लब सैनामैनाको आयोजनामा दोस्रो संस्करणको रुपमा ‘दुधराक्ष कप’ क्लब स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता गर्न लागिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।
एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडानको काम सुरु
रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडानको काम सुरु भएको छ । शुक्रबार रुपन्देहीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो कुराको जानकारी दिइएको हो ।
हस्तकलाका सामग्री ग्राहकको रोजाइमा
कारागारबाट उत्पादित हस्तकलाका सामग्री महोत्सवमा आउने ग्राहकको रोजाइमा परेको छ । पाल्पा कारागारका बन्दीहरुले उत्पादन गरेको सामग्रीप्रति ग्राहकको आकर्षण बढेको हो ।
फुलेको सिमल
तुलसीपुर, माघ २५ गते । दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा फुलेको सिमल। तस्बिरः रासस
स्वर्गद्वारी मन्दिर परिसरमा सुरभी गौशाला
दाङ, माघ २५ गते । प्युठानको स्वर्गद्वारी नगरपालिका–२ स्थित स्वर्गद्वारी मन्दिर परिसरमा वि.सं. १९५२ मा स्वर्गद्वारी महाप्रभुले स्थापना गरेको गौशालामा संरक्षित गाई । तस्बिरः रासस
करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु
विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर नवलपुरको गैँडाकोटमा विद्युत् कर्मचारीको मृत्यु छ ।
मुस्लिम समुदायमा एचपिभी खोपप्रति आकर्षण
मुस्लिम र मधेशी समुदायको ठुलो जनसङ्ख्या रहेको बाँकेको नेपालगन्जमा यस पटक मुस्लिम समुदायका बालिका तथा किशोरीमा एचपिभी खोपप्रति विशेष उत्साह देखिएको छ ।
उज्यालो सहर बनाउने अभियान
उज्यालो बुटवल अभियान अन्तर्गत बुटवल उपमहानगरपालिकाले थप ३१ स्थानमा हाइमाक्स लाइट जडान सुरु गरेको छ ।