• २६ माघ २०८१, शनिबार

जिप दुर्घटना हुँदा शिक्षिकाको मृत्यु, दुई नाबालक छोरा घाइते

blog

जयमान बुढामगर

रुकुमपूर्व, माघ २६ गते । रोल्पाको घर्ती गाउँबाट होलेरी जाने क्रममा त्रिवेणी गाउँपालिका–७ नन्दीखोला नजिकै शुक्रबार बेलुकी जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । 

प्रहरीका अनुसार घर्ती गाउँबाट दाङ जाने लु १ च ९४०६ नम्बरको जिप दुर्घटना हुँदा रोल्पाको गङ्गादेव गाउँपालिका–२ का २९ वर्षीया सीता खड्काको मृत्यु भएको हो । दुर्घटनामा परी मृत्यु हुने महिला रुन्टीगढी गाउँपालिका–९ स्थित जनकल्याण माविका शिक्षिका हुन् । 

दुर्घटनामा परी शिक्षिकामा दुई छोरा घाइते भएका छन् । ३ वर्षीय सौरभ ओली र  १८ महिनाका सुप्रिम ओली गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ । घटनास्थल पुग्नु भएका रोल्पाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी रोहितकुमार शाहीले दुवै बालकको उपचार र हेरचाहका लागि दाङ पठाइएको जानकारी दिनुभयो । गाडी चालक भने फरार छन् ।