सन्तोष दहित
दाङ, माघ २५ गते । लुम्बिनी प्रदेश नेपाली कांग्रेस संसदीय दलको सचेतकमा धनलक्ष्मी श्रेष्ठ नियुक्त हुनुभएको छ । शुक्रबार नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले श्रेष्ठलाई सचेतक पदमा नियुक्त गर्नुभएको हो ।
पूर्व सचेतक निमा गिरीले राजिनामा दिएपछि उक्त पद रिक्त थियो । गिरीले दिएको राजीनामा स्वीकृत गर्दै संसदीय दलको व्यवस्था अनुसार श्रेष्ठलाई नयाँ सचेतकको जिम्मेवारी संसदीय दलका नेता चौधरीले जानकारी दिनुभयो ।
श्रेष्ठले पनि आफु सचेतकको जिम्मेवारी पाएको बताउनुभयो । अब नयाँ जिम्मेवारी पाएसँगै लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलको भूमिका अझ प्रभावकारी उहाँले बताउनुभयो ।