चक्कु प्रहारबाट गम्भीर घाइते खड्काको मृत्यु
चक्कु प्रहारबाट गम्भीर घाइते भएका तुलसीपुर-४ निवासी २४ वर्षीय गोरखलाल खड्काको उपचारको क्रममा मृत्यु भएको छ ।
फोर्स गाडीको ठक्करबाट मोटरसाइकल चालक घाइते
कालीगण्डकी करिडोरअन्तर्गत रामपुर नगरपालिका–८ मा फोर्स गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका छन् । मोटरसाइकल चालक रामपुर नगरपालिका–८ झेरुछाप बस्ने ६३ वर्षीय खेमबहादुर सारु मगर घाइते हुनुभएको हो ।
रातिको समयमा ब्यारियर खुला राख्न माग
नेपालगन्ज १६ जयसपुरस्थित सुर्खेत रोडको नेपालगन्ज भन्सार कार्यालय अगाडिको ब्यारियर राति १० बजेपछि बन्द गरिँदा जमुनाह नाका वरिपरि र पिप्रहवा लगायतका क्षेत्रमा बसोबास गर्ने नेपालीलाई रातिको समय आवागमन गर्न सास्ती खेप्नु परेको छ ।
‘नदीको तिरो तिरिरहेका छौँ, वर्षा सुरु हुँदा मुटु भक्कानिन्छ’
बाँकेस्थित राप्ती नदीको आसपासका स्थानीयहरूले हरेक वर्षको वर्षायाममा नदीमा आउने बाढीका कारण जग्गा कटान हुने र डुबानको समस्या भोग्ने नियति जस्तै बनेको छ । हरेक वर्षको बाढीले स्थानीयको जग्गा कटान गरी बगरमा परिणत गर्ने र डुबाउने उनीहरूका लागि नियति जस्तो नै बन्ने गरेको छ ।
प्रादेशिक अस्पतालमा ब्लड बैङ्क स्थापनाको माग
लुम्बिनी प्रादेशिक अस्पतालको आफ्नै ब्लड बैङ्क नहुँदा बिरामीको उपचारमा ढिलाइसँगै कठिनाइ पनि हुने गरेकाले अस्पतालभित्रै ब्लड बैङ्क स्थापना गर्न माग गरिएको छ । रुपन्देहीका रक्तदाताले बुटवलमा सबैभन्दा धेरै रगतको माग लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीकै लागि हुने गरेकाले अब अस्पतालले आफ्नै ब्लड बैङ्क स्थापना गर्न माग गरेका हुन् । नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीले मङ्गलबार लुम्बिनी प्रादेशिक अस्पतालका नवनियुक्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. इन्द्र ढकालसँग भेट गरी बिरामीको उपचारमा सहजताका लागि आफ्नै ब्लड बैङ्क स्थापना गर्न माग गरेका हुन् ।
पाल्पा दरबार परिसरमा धमाधम काम
ऐतिहासिक पाल्पा दरबार परिसरलाई पुरानै स्वरूपमा पुनर्निर्माण गर्ने काम भइरहेको छ । दरबार परिसरलाई ऐतिहासिक पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्यका साथ पुराना पर्खाल, मूलढोका तथा गेट निर्माणको काम भइरहेको हो । दरबार परिसरभित्र ढुङ्गा बिछ्याउने, पर्खाल लगाउने, मूलढोका बनाउने काम भइरहेको छ । पुरातत्व विभाग, तानसेन नगरपालिका र लुम्बिनी प्रदेश सरकारले ऐतिहासिक पाल्पा दरबार परिसरमा लगानी गरेर काम गरिरहेका छन् । तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाका भाइ बद्रीनरसिंह कुँवरले तानसेनमा रहँदा
रुकुम पूर्वबाट छ हजार किलो मह निकासी
यस वर्ष जिल्लाबाट साठी क्विन्टल भीर मह निकासी भएको छ । वैशाख देखि जेठ महिनाको अवधिमा भीर मह निकाल्ने गरिन्छ । यो अवधिमा साठी क्विन्टल भीर मह निकासी भएको जिल्ला वन कार्यालयले जनाएको छ ।
पाल्पामा कार दुर्घटना तीन जनाको मृत्यु, दुई जना घाइते
पाल्पाको नुवाकोटबाट बुटवल फर्किँदै गरेको कार गए राती दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बुटवलदेखि तीन किलोमिटर नजिक रहेको पाल्पाको नुवाकोट घुमेर फर्किँदै गरेको लु २ च ८५३१ नम्बरको कार बुधवार साँझ करिब साढे ८ बजेतिर दुर्घटना भएको थियो ।
पाल्पाका १० स्थानीय तहमा पूर्णखोप सुनिश्चितता घोषणा
पाल्पाका १० वटै स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । चालु आर्थिक वर्षमा घोषणा हुन बाँकी रहेको रामपुर नगरपालिकालाई बुधबार घोषणा गरिए सँगै जिल्लाका सबै पालिका पूर्णखोप सुनिश्चितता घोषित भएको हो ।
चिनियाँ मन्त्रीको टोलीद्वारा लुम्बिनी भ्रमण
चीनका राष्ट्रिय धार्मिक मामिला प्रशासन मन्त्री छेङ रुइफेङ सहितको चिनियाँ टोलीले बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गरेको छ।
कक्षा अवरोध हुने कार्यक्रम नगर्न गाउँपालिकाको आग्रह
गुल्मीको एक पालिकाले विद्यालय कक्षा सञ्चालनमा अवरोध हुने कार्यक्रम नगर्न आग्रह गरेको छ । पछिल्लो समय कक्षा सञ्चालनमा अवरोध हुनेगरी नै विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम भएको गुनासो आएसँगै यस जिल्लाको कालिगण्डकी गाउँपालिकाले यस्तो निर्णय गरेको हो ।
मन्दिरको गौशालाबाट हराए ४५ गाई
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ७ नन्कौपुरस्थित पोखराथान (पोखरामाता) मन्दिरको गौशालाबाट गाईहरू हराएका छन् ।
गर्मी बढेपछि घोराहीमा दुई दिन विद्यालय बन्द
दाङमा गर्मी बढेपछि घोराही उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । दाङको घोराही उपमहानगरपालिकाले बुधबार सूचना प्रकाशित गर्दै वर्षे बिदाबाट कट्टी हुने गरी यही जेठको ३१ र ३२ गतेका दिन विद्यालयहरूलाई बिदा दिने निर्णय गरेको हो ।
जबरजस्ती करणीको आरोपमा अहेब पक्राउ
पाल्पामा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । पक्राउ पर्नेमा रिब्दीकोट–५, नयाँटोलाका ३६ वर्षीय बृहस्पति पचभैया रहेको प्रहरीले जनाएको छ ।
मदानेद्वारा एकल पुरुष र महिलालाई भत्ता
गुल्मीको मदाने गाउँपालिकाले एकल पुरुष र महिलालाई भत्ता दिने भएको छ । यस गाउँपालिकाले लोककल्याणकारी राज्यको अवधारणा अनुसार सामाजिक सुरक्षा कार्यक्रम मार्फत एकल पुरुष र महिलालाई भत्ता दिन लागिएको प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीले जानकारी दिनुभयो ।
जनताको स्वास्थ्य उपचार सरकारको प्रमुख प्राथमिकतामा छ : राज्यमन्त्री खान
नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हसिना खानले सरकारले जनताको स्वास्थ्य उपचारलाई प्रमुख प्राथमिकतामा राखेको बताउनुभएको छ।
कालीगण्डकी गाउँपालिकाले घरेलु मदिरा ब्रान्डिङ गर्ने
कालीगण्डकी गाउँपालिकाले स्थानीय घरेलु मदिरालाई ब्रान्डिङ गर्ने भएको छ । स्थानीय स्तरमा उत्पादन हुने स्थानीय मदिराजन्य पेय पदार्थ व्यवस्थापन ऐन २०८० गाउँ सभाबाट पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीले जानकारी दिनुभयो ।
लैङ्गिकमैत्री तानसेन नगर बन्ने
तानसेन नगरपालिकाले लैङ्गिकमैत्री तानसेन नगर बनाउन लैङ्गिक समानता नीति तयार पारेर कार्यक्रम गर्ने योजना बनाएको छ ।
रुपन्देहीमा बस दुर्घटना ४३ जना घाइते
रुपन्देहीको सैनामैना नगरपालिका १० सालझण्डीमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् । दाङबाट काठमाडौँका लागि छुटेको रा. १ ख. २७८३ नम्बरको बस गए राती ११ बजेर ५० मिनेटमा सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु. १ ख. ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो ।
कुइरेपानी–सर्रा सडक डेढ वर्षदेखि निर्माण ठप्प
दाङको कुइरेपानी–सर्रा बाइपास सडकको निर्माण रोकिएको डेढ वर्षभन्दा बढी भयो । घोराही उपमहानगर–३, कुइरेपानीदेखि १६ नम्बर वडाको सर्रा जोड्ने करिब नौ किलोमिटरको चार लेन सडक निर्माण आव २०७५/७६ देखि सुरु भएको थियो । प्रदेश सरकारको गौरवको सडक आयोजना भए पनि बजेट अभावसँगै जग्गा प्राप्तिको काम नटुङ्गिएका कारण सडक निर्माणको काम डेढ वर्षदेखि अलपत्र परेको छ । सडक पूर्वाधार विकास कार्यालय दाङका प्रमुख मनिष अर्यालले बाइपास सडकको मुख्य द्वार कुइरेपानीमा जग्गा प्राप्ति गर्न ढिलाइसँगै बजेट अभावका कारण सडक निर्माणको काम रोकिएको जानकारी दिनुभएको छ । उहाँका अनुसार बाइपास सडक निर्माण अन्तर्गत सिस्ने खोलामा चार लेनको पक्की पुल निर्माणदेखि विभिन्न स्थानमा ४२ वटा कलभर्ट निर्माणदेखि सडक चौडा गर्ने, ग्राभेल गर्ने, नाला निर्माणलगायतको
मगर बस्तीमा भुमेको रमझम
मगर समुदायको बलपूजा अर्थात् भुमे पर्वको रमझम सुरु भएको छ । पूजाआजासहित विधिवत् रूपले जेठ मसान्तबाट भुमे पर्वको सुरुवात हुन्छ । तथापि जेठ महिना लागेसँगै यहाँका मगर समुदायले हरेक साँझ चौतारामा भुमे नाचको अभ्यास गर्ने गर्छन् । मगर समुदायको बाहुल्य रहेका गाउँका चौतारामा जम्मा भएर भुमे नाचको अभ्यासको रमझम भइरहेको छ । महिला पुरुषको छुट्टाछुट्टै समूह बनाई गोलो घेरा बनाएर भुमे नाच्ने गरिन्छ । बाहिरी घेरामा महिला समूह र भित्री घेरामा पुरुष समूह रहन्छन् । गोलो घेरा बनाएर दमाहाको बाजामा विभिन्न २२ प्रकारका नाच नाच्ने गरिन्छ । बाजा बजाउने समूह छुट्टै हुन्छन् । नाच्ने महिला पुरुष मौलिक पोसाकमा सजिएर गोलो घेरामा लहरै गरी नाच्ने रम्ने गर्छन् ।
ढकिया बुन्ने तालिम सिकेपछि महिला खुसी
बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ३ की भावना चौधरीले एक महिनाको ढकिया तथा गुन्द्रीलगायत सामाग्री बनाउने तालिम प्राप्त गर्नुभयो। तालिम प्राप्त गरेसँगै उहाँ अहिले एकदम खुसी हुनुभएको छ।
डेरी उद्योगबाट राम्रो आम्दानी
बाँकेको कोहलपुर ११ का सन्तोष पौडेलले सात वर्षअघि एक लाखको लगानीमा सुरु गर्नुभएको डेरी उद्योगको लगानी अहिले ५० लाख पुगेको छ।
लागूऔषधको मुख्य कारोबार गर्ने दुईसहित ६ जना पक्राउ
लागूऔषधको मुख्य कारोबार गर्ने दुई जनालाई कपिलवस्तुबाट पक्राउ परेका छन् । इप्रका गोरुसिङ्गे र पिपराले लागूपदार्थ बेचबिखनका लागि सप्लाई गर्ने दुईसहित ६ जना पक्राउ गरेका हुन् ।