आठ महिनामै बन्यो पक्की पुल
झिमरुक गाउँपालिकाको गोब्दी खोला पुल सम्झौता तोकिएको मितिभन्दा चार महिना अघि सम्पन्न भयो । आँसु÷जानकी÷बजरंगी जे.भी.ले पुल निर्माण गर्न २०८० असार १७ गते सम्झौता गरी काम अघि बढाएको थियो । २० मिटर लम्बाई र १० मिटर चौडाइ रहेको पुल निर्माण सम्पन्न गर्न २०८१ असार १७ गतेसम्म रहेको थियो । तर कम्पनीले ४ महिना अघि नै पुल निर्माण सम्पन्न गरेको हो ।
सडक मिचेर बनाइएका संरचना खाली गर्न आग्रह
बुटवल–गोरुसिङे सडक आयोजनाले सडक क्षेत्र मिचेर बनाइएका संरचना हटाउन आग्रह गरेको छ । बुटवल गोरुसिङे सडकको ठेक्का लागेको र सडक विस्तारको काम सुरु हुन लागेकाले सडकको बिचबाट दायाँबायाँ ५० मिटरभित्र सडक मिचेर बनाइएका संरचना हटाउन आयोजनाले आग्रह गरेको हो ।
सुस्त श्रवण भएका विद्यार्थीलाई समस्या
समीर बोहरा र रोहन सिंह तुलसीपुर उपमहानगरपालिका–८ स्थित माध्यमिक विद्यालय अश्वारामा कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ । शान्तिनगर गाउँपालिका निवासी समीर र तुलसीपुर उपमहानगरपालिका–११, बेलटाकुरा निवासी रोशन दुवै जना सुन्न र बोल्न सक्नुहुन्न । उहाँहरू जस्तै कक्षा १२ मा अध्ययनरत चार जना सुस्त श्रवण भएका विद्यार्थीका लागि अहिले साङ्केतिक भाषा जानेको शिक्षकको आवश्यकता छ । तर विद्यालयमा माथिल्लो कक्षामा पढाउने साङ्केतिक भाषा जानेको शिक्षक नहुँदा उहाँहरू बोल्न र सुन्न सक्ने अन्य विद्यार्थीसँगै बसेर पढ्नुपर्ने बाध्यता छ । विद्यार्थी मात्र नभई पढाउने शिक्षकलाई समेत बुझाउन समस्या हुने गरेको छ । आफूहरू जस्ता फरक क्षमताका विद्यार्थीका लागि छुट्टै कक्षा हुनुपर्ने भए पनि सबै विद्यार्थी एउटै कक्षाकोठामा बसेर पढ्नु पर्दा बुझ्न समस्या हुने गरेको सुस्त श्रवण भएका विद्यार्थी समीर बताउनुहुन्छ ।
बाँकेमा सीमास्तम्भको निरीक्षण
बाँकेका सुरक्षा प्रमुख र सीमावर्ती भारतीय सुरक्षा अधिकारीले यहाँस्थित पूर्वी क्षेत्र नरैनापुरको नेपाल भारत नाकाको स्थलगत अनुगमन गरेर सीमास्तम्भ र सुरक्षा अवस्था बारे जानकारी लिएका छन्।
तिनाउ खोलामा डुबेर भारतीय नागरिकको मृत्यु
पाल्पामा डुबेर एक जना भारतीय पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत कानपुरका ३५ वर्षीय फहीम अहमद रहेको प्रहरीले जनाएको छ ।
बसले अटोलाई ठक्कर दिँदा पाँच जना घाइते
दाङमा बसले अटोलाई ठक्कर दिँदा पाँच जना घाइते भएका छन्।
बुटवलमा सञ्चालनमा आयो इभी फाष्टिङ चार्जिङ स्टेशन
बुटवलको एक सहकारीले एक करोड रुपियाँ लगानीमा इभी फाष्टिङ चार्जर स्टेसन सञ्चालनमा ल्याएको छ ।
बाँकेमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर
बाँकेको नेपालगन्जमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । नेपालगन्ज उपमहानगरपालिका-२२ पुरैनीमा शुक्रबार शिविर सञ्चालन गरिएको हो ।
गुल्मीमा घरेलु हिंसासम्बन्धी ७५ उजुरी
गुल्मीमा चालू आर्थिक वर्ष २०८०/०८१ को हालसम्म घरेलु हिंसासम्बन्धी ७५ वटा ठाडो उजुरी परेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयमा परेका ७५ वटा ठाडो उजुरीमध्ये ५२ वटा उजुरीको मिलापत्र भइसकेको छ ।
पाल्पाका स्थानीय तहले उत्पादन र रोजगारीलाई प्राथमिकता दिने
पाल्पाका स्थानीय तहहरूले उत्पादन र रोजगारीलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् । स्थानीय तहहरू, सुरक्षा निकाय सहितको समन्वयात्मक बैठकमा पालिकाहरूले आगामी बजेटमा उत्पादन र रोजगारीलाई प्रतिबद्धता गरेका हुन् ।
बाँझो जग्गामा सामूहिक किवी खेती
गुल्मीमा २३ जना कृषकहरू मिलेर ५४० रोपनी क्षेत्रफलमा सामूहिक किवी खेती गरेका छन् । जिल्लाको काली गण्डकी गाउँपालिका वडा नम्बर एक सिरकोटमा वर्षौँ देखी बाझिएको जग्गालाई सदुपयोग गर्दै ५४० रोपनी क्षेत्रफलमा व्यवसायी रूपमा किवी खेती गरेका हुन् ।
रुकुमपूर्वमा एकीकृत प्रशासनिक भवन बन्दै
रुकुमपूर्वमा एकीकृत प्रशासनिक भवन बन्दै छ । साबिक रुकुम जिल्लालाई विसं २०७४ मा रुकुमपूर्व र रुकुमपश्चिम गरी दुई भागमा विभाजन गरेपछि रुकुमपूर्वमा हालसम्म पनि कुनै पनि नयाँ प्रशासनिक भवन निर्माण गरिएको छैन । जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय साबिकको इलाका भवनबाट सेवा प्रवाह गरिरहेका छन् भने अन्य जिल्लास्तरीय कार्यालय सबै भाडाको घरबाट सञ्चालन भइरहेका छन् ।
तटबन्ध भएन निरीक्षण मात्रै
जिल्लाका सुरक्षा प्रमुखसहित विपत् व्यवस्थापन समिति बाँकेको एक टोलीले बाढी र डुबानबाट बर्सेनि प्रभावित हुने गरेको राप्ती नदीको तटीय क्षेत्रको अनुगमन तथा निरीक्षण गरेको छ । विपत् व्यवस्थापन समितिका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको नेतृत्वमा रहेको सो उच्चस्तरीय टोलीले शुव्रmबार राप्ती नदीको तटीय क्षेत्रको अनुगमन गरेको हो । नरैनापुर–६ मा पुगेको सो टोलीसमक्ष स्थानीयले वर्षा आउन केही साता मात्र बाँकी रहेको भए पनि अझैसम्म भत्किएको राप्ती नदीको तटबन्धको मर्मतसम्भार र पुनर्निर्माण नगरिएकाले फेरि पनि बाढीबाट डुबान हुने र आफूहरूको बिचल्ली हुने गुनासो गरे ।
लाइसेन्स विना गुडाउने अटो रिक्सा नियन्त्रणमा
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले घोराही बजारमा जाँचको क्रममा सवारी चालक अनुमति पत्र बिना चलाइएको पाएपछि नियन्त्रणमा लिएर कार्यालय परिसरमा राखिएका अटो रिक्सा ।
योगदानमा आधारित सामाजिक सुरक्षा प्रभावकारी बनाउन छलफल
योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई औपचारिक, अनौपचारिक र स्वरोजगारमा बाध्यकारी व्यवस्था गर्नुपर्ने कार्यक्रममा सहभागीले आवश्यकता औँल्याएका छन् । कोषले जसरी वैदेशिक रोजगारीमा जानेलाई श्रम स्वीकृति लिनुपूर्व कोषको योजनामा आबद्ध गराउने बाध्यकारी व्यवस्था गरेको छ, त्यसै गरी औपचारिक, अनौपचारिक र स्वरोजगारका श्रमिकलाई कोषको योजनामा आबद्ध नभएसम्म व्यवसाय दर्ता, नवीकरण, सरकारी कार्यालयबाट पाउने अन्य सुविधाबाट वञ्चित नगरेसम्म यसको प्रभावकारी कार्यान्वयन हुन सक्दैन ।
माछा मार्नेक्रममा ग्रिनेट बम फेला
प्युठानको मान्डबि गाउँपालिका तीन लामाचौर स्याउलिघारीनजिक ग्रिनेट बम फेला परेको छ। माडि खोलामा स्थानीयहरुले माछा मार्ने क्रममा जालमा अड्केर हेर्दा बिस्फोटक प्रदार्थ ग्रिनेट फेला परेको हो।
गौतम बुद्धको मावली देवदह खयरडाँडामा भेटियो प्राचीन इनार
रुपन्देहीको देवदह नगरपालिकास्थित खयरडाडाँमा प्राचीन इनार फेला परेको छ । इट्टाको सो इनार साढे तीन फिट गहिरो रहेको छ । स्थानीयहरूले बुद्धको मावली कोलिय गणराज्यको दरबार क्षेत्र दाबी गर्दै आएको अवस्थामा इनार भेटिनुले उहाँहरुको दाबीलाई थप बल पुगेको छ ।
पाठेघरको क्यान्सर पहिचानका लागि निःशुल्क शिविर
बाँकेका विभिन्न स्वास्थ्य संस्थामा पाठेघर सम्बन्धी समस्या लिएर महिला आउन थालेपछि नेपालगन्ज उपमहानगरपालिकाले नगरका विभिन्न वडामा पाठेघरको मुखको क्यान्सर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर संचालन गरिरहेको छ।
एमाले रुपन्देहीमा सर्वसम्मत नेतृत्व : अध्यक्षमा यज्ञ गैरे
नेकपा (एमाले) जिल्ला कमिटी रुपन्देहीको १० औं अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ। अधिवेशनले यज्ञ गैरेलाई निर्विरोध अध्यक्ष चयन गरेको हो भने अन्य पदाधिकारी पनि सर्वसम्मत चयन भएका छन्।
कालीगण्डकी नदीको वडभानघाटमा शवदाहगृह निर्माण
पाल्पाको रामपुर नगरपालिका–४, वडभानघाटमा शवदाहगृह निर्माण गरिएको छ । कालीगण्डकी नदी किनारमा रहेको वडभानघाटमा वडा कार्यालय र स्थानीयको सहयोगमा शवदाहगृह निर्माण गरिएको हो ।
अन्तःशुल्क छुटले उद्योगी खुसी
आर्थिक वर्ष २०८१/८२ का लागि ल्याइएको बजेटमा छड निर्माणका लागि भारतबाट आयात गरिने बिलेट्समा अन्तःशुल्क छुट दिने घोषणाले रुपन्देहीका उद्योगी खुसी भएका छन् ।
अनधिकृत औषधी बेच्ने फार्मेसी सञ्चालक पक्राउ
फार्मेसीमा बसेर अनधिकृत रुपमा औषधी बिक्री गर्ने दुई जनालाई जिल्ला अनुगमन समितिले नियन्त्रणमा लिएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३, रानीगाउँबाट बिहीबार संयुक्त जिल्ला अनुगमन समितिले दुई जनालाई पक्राउ गरेको हो ।
बालबालिकालाई छाता र अत्यावश्यक सामग्री
गर्मी र तातो हावा ‘लु’ बाट जोगाउने उद्देश्यले विद्यालयमा अध्ययनरत ६ हजार बालबालिकालाई छातासहित अत्यावश्यक सामग्री बितरण गरिएको छ ।
ट्याक्टरबाट खसेर सहचालकको मृत्यु
माण्डवी गाउँपालिका –५ तिग्रामा ट्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ । बालुवा बोकेको लु ४ त ९२९४ नम्वरको ट्याक्टरबाट खसेर २० वर्षीय सन्तोष नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।