बालबालिकालाई छाता र अत्यावश्यक सामग्री
गर्मी र तातो हावा ‘लु’ बाट जोगाउने उद्देश्यले विद्यालयमा अध्ययनरत ६ हजार बालबालिकालाई छातासहित अत्यावश्यक सामग्री बितरण गरिएको छ ।
ट्याक्टरबाट खसेर सहचालकको मृत्यु
माण्डवी गाउँपालिका –५ तिग्रामा ट्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ । बालुवा बोकेको लु ४ त ९२९४ नम्वरको ट्याक्टरबाट खसेर २० वर्षीय सन्तोष नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गाउँमै कागज उद्योग सञ्चालनले रोजगारी र सीप सिक्दै स्थानीय
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. २, औंरहवामा केही समय अगाडि स्थापना भई सञ्चालनमा आएको पेपर उद्योगले स्थानीयलाई रोजगारी प्रदान गर्नुका साथै प्राविधिक सिपसमेत प्रदान गरिरहेको छ ।
ठग ठेकेदार: समय सकियो पुल निर्माण सुरु भएन
सहिद मार्ग अन्तर्गत पर्ने रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिकामा दुई सडक पुल निर्माण कार्य अवधि सकिन्न लाग्दासम्म पनि काम सुरसार नै गरिएको छैन । दाङ–रोल्पा–रुकुमपूर्व–डोल्पा सहिद मार्ग खण्डमा पर्ने पुथाउत्तरगङ्गा–१० र ११ मा पर्ने उत्तर गङ्गा नदी र सोही गाउँपालिकाको १३ मा पर्ने घट्टे खोलाको सडक पुल निर्माण कार्य ठेकेदारले सुरु गर्न सकेको छैन ।
रैथाने धान लोप हुँदा बिउमा परनिर्भर
हाइब्रिड तथा उन्नत जातको धान लगाउने होडबाजीले रैथाने जातको धान लोप भएको छ । हाइब्रिड र उन्नत जातको धान धेरै फल्ने र कम पानीमा हुर्कने भएकाले परम्परादेखि लगाइएका धानका बिउ लोप भएको पाल्पाका किसानले बताएका छन् । पुरानो रैथाने जातको धान लगाउने किसान बिउमासमेत आत्मनिर्भर भएका छन् तर हाइब्रिड र उन्नत जातको धान खेतीले किसान धानको बिउमा परनिर्भर बन्न पुगेका छन् । केही वर्षअघिसम्म जिल्लाको विभिन्न स्थानमा रैथाने जातको मन्सुली, सावा मन्सुली, गाहा, आमझोत्ते, बासमती, अनदी र ताइचिन जातका धान लगाउने प्रचलन थियो ।
पाँच सय महिलालाई स्वरोजगार बनाइने
बुटवल उपमहानगरपालिकाले पाँच सय महिलालाई स्वरोजगार बनाउन सिपमूलक कार्यक्रममार्फत आयआर्जनमा जोड्न सुरु गरेको छ । गृहिणी महिलालाई सिप र रोजगारीसँग जोड्दै आर्थिक रूपमा सबल बनाउन नगरप्रमुख गृहिणी महिला रोजगार कार्यक्रम सुरु भएको हो । महिलालाई आर्थिक रूपमा सक्षम र सबल बनाउन नगरप्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रम सुरु गरेको उपमहानगरले जनाएको छ । उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले महिलालाई सिप र रोजगारसँग जोडेर सबल बनाउन यो कार्यक्रम सुरु गरिएको बताउनुभयो । ‘समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल सहर’ को नारा लिएको उपमहानगरले घरमै बस्ने गृहिणी महिलालाई स्वरोजगार बनाउन
विषादी परीक्षण गर्न एक जना प्राविधिक
नेपालगन्जको प्रमुख तरकारी मन्डी (बजार) रानीतलाउमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कार्यालयका एक जना प्राविधिक सहायकको भरमा सञ्चालन भइरहेको छ । भारतबाट आउने ठुलो परिमाणको तरकारी र फलफूलमा विषादी परीक्षणका लागि केन्द्रीय तरकारी मन्डी रानीतलाउमा स्थापना गरिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइमा जनशक्तिको अभाव देखिएको छ ।
स्थानीय तहमा त्रिसट्ठी करोडभन्दा बढी बेरुजु
दाङका १० वटा स्थानीय तहमा करिब ६३ करोड बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयको ६१ औँ वार्षिक प्रतिवेदन २०८१ मा दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिकामा गरेर ६३ करोड ६१लाख बेरुजु देखाएको हो । सो प्रतिवेदन अनुसार जिल्लामा सबैभन्दा धेरै घोराही उपमहानगरपालिका र कम दङ्गीशरण गाउँपालिकामा बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७९/८० मा गरेको लेखा परीक्षणको प्रतिवेदनका आधारमा घोराही उपमहानगरपालिकाको १३ करोड४९ लाख बेरुजु देखिएको छ ।
लुम्बिनी प्रदेश श्रमाधान रोजगार मेला, रोजगारीकै आशामा युवा
लुम्बिनी प्रदेशमा आयोजना गरिएको दुईदिने श्रमाधान रोजगार मेलामा अवलोकन गर्ने अधिकांश रोजगारी पाइने आसमा आएका छन् । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बिआइसीसी) मा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश, बुटवल उपमहानगरपालिकाको आयोजनामा बुधबारदेखि बिहीबारसम्म चलेको मेलामा अधिकांशले थोरै भए पनि नेपालमै रोजगारी गर्ने चाहनाका साथ अवलोकनमा आएका हुन् । यस्तैमध्येका एक हुनुहुन्छ बुटवल मणिग्रामका यज्ञराज अर्याल । हुन त उहाँ वैदेशिक रोजगारीको सिलसिलामा विगत डेढ दशकदेखि कतारमा काम गर्दै आउनुभएको छ ।
लोडर दुर्घटना हुँदा सहचालकको मृत्यु
पाल्पामा लोडर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको रैनादेवी छहरा –८ कन्चनखोलास्थित सालझण्डी ढोरपाटन सडक खण्डमा लोडर दुर्घटना हुँदा सहचालक कमल चौधरीको मृत्यु भएको हो ।
विद्युत समस्या समाधानका लागि मन्त्रीको ध्यानाकर्षण
नेपालगन्ज उद्योग वाणिज्य सङ्घले नेपालगन्जको अनियमित विद्युत सेवाबाट उत्पन्न समस्या समाधानका लागि लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री कृष्णा केसी ‘नमुना’ को ध्यानाकर्षण गराएको छ ।
नेपालगन्ज-१५ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १५ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । बिहीबार एक कार्यक्रमकाबिच वडा नम्बर १५ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
कार्यान्वयनमा आएन मानवअधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना
लुम्बिनी प्रदेश सरकारले मानवअधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजनालाई अझैसम्म पनि कार्यान्वयनमा ल्याउन सकेको छैन । प्रदेश सरकार मात्र नभएर प्रदेशका अधिकांश जिल्लाहरुलेसमेत यस कार्ययोजनालाई कार्यान्वयनमा ल्याउनका लागि उदासीन देखिएका छन् ।
अत्यधिक गर्मीले बाँकेमा छालाका बिरामी बढे
बढ्दो गर्मीसँगै बाँकेमा छाला रोगका बिरामी बढ्दै जान थालेका छन् । गर्मीका कारण शरीरमा पसिना आउने र त्यसबाट शरीर चिलाउने, लुतो, दाग, छालामा सङ्क्रमणलगायतका बिरामी बढिरहेको भेरी अस्पताल नेपालगञ्जले जनाएको छ ।
दाङका लागि पाँच अर्ब ९५ करोड बजेट विनियोजन
दाङमा सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि पाँच अर्ब ५९ करोड बढी बजेट विनियोजन गरेको छ ।
तरकारी खेतीबाट वार्षिक पाँच लाख आम्दानी
थोरै लगानीमा धेरै आम्दानी हुन थालेपछि सो गाउँपालिकाका किसानहरु तरकारी खेतीतर्फ आकर्षित हुँदै खेती गर्ने बढ्दै गएका छन् ।
डढेलोले दुई हजार २० हेक्टर वन नष्ट
गुल्मीमा दुई हजार २० हेक्टर वन क्षेत्र डढेलो कारण नष्ट भएको छ । जिल्लाका विभिन्न १२ वटै स्थानीय तहका सामुदायिक वनहरूमा लागेको डढेलोका कारण दुई हजार २० हेक्टर वन क्षेत्र नष्ट भएको डिभिजन वन कार्यालय गुल्मीका सूचना अधिकारी राजन कुँवरले जानकारी दिनुभयो ।
गुल्मीमा रेसुङ्गा स्केट पार्क सञ्चालन
गुल्मीमा तम्घास रेसुङ्गा स्केट पार्क सञ्चालनमा आएको छ । बि एन सी ग्रुपले ५० लाखको लागतमा रेसुङ्गा नगरपालिका १ तम्घास रेसुङ्गा स्केट पार्क सञ्चालनमा ल्याएको सञ्चालक चन्द्रकान्त भट्टराइले जानकारी दिनुभयो ।
आसे जीवनमा बाँधिएका मुक्त कमैया
दाङको घोराही उपमहानगरपालिका–१६, कपासीस्थित मुक्त कमैया बस्तीमा सावी चौधरी बस्न थालेको दुई दशकभन्दा बढी भइसकेको छ । जिल्ला प्रशासन कार्यालयको स्वामित्वमा रहेको जग्गामा बस्दै आउनुभएकी चौधरीको आफ्नै जग्गा भने छैन । घरबासविहीन भएको अवस्थामा २०६२/६३ सालतिर अर्को व्यवस्था नहुँदासम्मका लागि कपासीमा बसोबासको व्यवस्था गरिएको उहाँ बताउनुहुन्छ । अस्थायी रूपमा व्यवस्थापन गरिएको लामो समय भइसक्दा पनि स्थायी बसोबासको टुङ्गो नहुँदा अन्योलमा परेको उहाँको गुनासो छ । “जहाँ भए पनि स्थायी बसोबासको व्यवस्था भइदिए त्यही अनुसारको काम गर्नु हुन्थ्यो,” उहाँ भन्नुहुन्छ । स्थायी बसोबासको अझै केही टुङ्गो नलाग्दा बसेकै जग्गा रोकाउँदै बस्नेबाहेक अरू केही नभएको उहाँको भनाइ छ ।
‘नेपालमै रोजगारी खोज्न श्रमाधान रोजगार मेला’
बुटवलमा बुधबारदेखि ‘श्रमाधान रोजगार मेला’ सुरु भएको छ । मेलाको एक समारोहका बिच श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले उद्घाटन गर्नुभयो । बिहीबारसम्म सञ्चालन हुने मेलाको उद्घाटन गर्दै मन्त्री अर्यालले नेपालमा रोजगारीका अवसर हुँदाहुँदै पनि युवाहरू विदेशमा रोजगारीमा जान बाध्य भइरहेको बताउँदै अब नेपालमै रोजगारीका अवसर सिर्जना गर्ने रोजगारदाता र श्रमिकले पहल गर्नुपर्ने बताउनुभयो ।
एमालेले नेतृत्व गर्न पाए एक दशकमै मुलुकको कायापलट : उपाध्यक्ष पौडेल
नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी रुपन्देहीको १० औं जिल्ला अधिवेशन बुधबारदेखि सुरु भएको छ।
बाँकेका लागि चार अर्ब २० करोड बजेट विनियोजन
सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बाँकेको आठ स्थानीय तहलाई चार अर्ब २० करोड बढी बजेट विनियोजन गरेको छ।
राजनीतिसँगै कृषि पेसामा सक्रिय शाही
चामुण्डा विन्दवासिनी गाउँपालिका–४ दैलेख स्थायी ठेगाना भई हाल नेपालगन्ज उपमहानगरपालिका –१८ मा अस्थायी बसोबास गर्दै आउनुभएका नेता दीपकबहादुर शाही राजनीतिकर्मी हुनुहुन्छ । राजनीतिसँगै उहाँले कागती खेती पनि सुरु गर्नुभएको छ ।
बुटवलमा सुरु भयो श्रमाधान रोजगार मेला
बुटवलमा आजदेखि ‘श्रमाधान रोजगार मेला’ सुरु भएको छ।मेलाको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले उद्घाटन गर्नुभयो।