तिलाचन पाण्डे
तम्घास, माघ १५ गते । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले वृहत्तर पार्टीको संलग्नतामा संविधान संशोधन हुने बताउनुभएको छ । प्रेस चौतारी नेपाल गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो ।
धेरैभन्दा धेरै पार्टीको संलग्नतामा संविधान संशोधन हुने बताउनुहुँदै उहाँले दुई ठुला दलको एक संयन्त्र बनाएर काम अगाडि बढाउने उहाँले दाबी गर्नुभएको छ ।
१० वर्षे संविधान कार्यन्वयनको अवस्थामा आएका समस्याहरुलाई समीक्षा गर्दै अगाडि बढ्ने उहाँको भनाइ छ ।
अर्को एक फरक प्रसङ्गमा ज्ञवालीले सहकारी प्रकरणमा मुछिएका जो कोहीलाई पनि नछाड्ने बताउनुभएको छ । सहकारीमा सत्ता पक्ष वा प्रतिपक्ष जो भए पनि गल्ती गर्ने जो कोहीलाई पनि नछाड्ने उहाँको भनाइ छ । दोषीमा संंलग्न जो भए पनि कानुनी दायरामा ल्याएरै छाड्ने गरी सरकारले काम गरिरहेको बताउनुभयो ।
वर्तमान सरकार देशमा चरम निराशालाई चिर्न राजनीतिक स्थायित्व कायम गर्नका लागि बनेको बताउँदै अस्थिरताको राजनीति गर्नेहरु छटपटाइरहेको उहाँको भनाइ छ ।